Logo
८ बैशाख २०८१, शनिबार
(August 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जहाँ महिलाले नै पुरुषसँग जर्बजस्ती शारिरिक सम्बन्ध बनाउँछन् !

tuareg-tribe-15
एजेन्सी । संसारमा यस्ता देशहरु पनि छन् जहाँ पुरुषहरुमाथि ज्यादती गरिन्छ । पत्याउनु हुँदैन होला तर डेली मेलका अनुसार यो कुरा शत प्रतिशत वास्तविक हो । अफ्रिकी देश नाइजेरमा महिला अरु पुरुषहरुसँग उनीहरुको मर्जी बिना नै शारिरिक सम्बन्ध बनाउने गर्दछन् । डेली मेलका अनुसार नाइजरमा तुआरेग नामको जनजाती समूदायका महिलालाई विवाह पछि आफ्नो श्रीमानका अलावा अरु पुरुषहरुसँग पनि सम्बन्ध बनाउने अनुमती दिइएको छ ।

यो जनजातीका महिलाहरुले आफूले चाहेको जस्तोसुकै काम गर्ने स्वतन्त्रता छ । तर ठिक विपरित पुरुषहरुलाई यस्तो स्वतन्त्रताबाट बञ्चित गरिएको छ । पाकिस्तानलगायतका देशमा महिलाहरुले मुख छोप्ने गर्छन् भने यहाँ पुरुषहरुले आफ्नो अनुहार लुकाएका हुन्छन् । अझ अचम्मको कुरा त के छ भने उनीहरु मुस्मिल धर्मका अनुयायी हुन् । तुआरेग समूदायप्रति आकर्षित फोटोग्राफर हेन्रिट्टा बट्लरले उनीहरुलाई सन् २००१ देखि ‘फलो’ गर्दै आएकी छिन् ।

उनले अरु देशमा महिलाले अनुहार छोप्छन् तर यहाँ भने किन उल्टो नियम भन्ने प्रश्न तेर्साइन् । त्यहाँका पुरुषहरुले त्यसको निकै सजिलो उत्तर दिए । ‘यहाँका महिलाहरु निकै राम्रा छन् । हामी उनीहरुको अनुहार हेर्न चाहन्छौं ।’ विवाह पछि अरु पुरुषसँग सम्बन्ध बनाउने अधिकार पाएका यहाँका महिलाले आफ्नो मनमर्जीमा सम्बन्ध विच्छेद गर्दछन् । यदि सम्बन्ध विच्छेद गरे, आफ्ना सारा दाइजो फिर्ता लिने अधिकार पनि उनीहरुलाई छ ।

यहाँको नियम अनुसार विवाह पहिले महिलाले आफूले चाहेको जति प्रेमी राख्न सक्छन् । त्यसकारण यहाँका समूदायका महिलाको अरु देशका महिलाको भन्दा ढिला विवाह हुन्छ । अरु देशमा पुरुषलाई जस्तो स्वतन्त्रता दिइएको हुन्छ यहाँका महिलाहरु त्यस्तै किसिमको अधिकारसम्पन्न छन् । वर्षौंदेखि यहाँका पुरुष महिलाको टेन्टमा गएर रात बिताउने गर्दछन् । उनीहरुसँगै सुतिरहेको परिवारका अन्य सदस्यले भने उनीहरुले केही पनि थाहा नपाएको अभिनय गर्छन् ।

महिलासँग रात बिताउन पनि पुरुषहरुले निकै अचम्मको नियम पालना गर्नुपर्छ । पुरुषहरु महिलाको टेन्टमा रात परेपछि आउनुपर्छ भने घाम उदाउनुपूर्व त्यहाँबाट निस्किसक्नुपर्छ । यदि त्यही महिलाले अर्को रात आफ्नो टेन्टमा अर्कै पुरुषलाई स्वागत गर्न चाहन्छिन् भने उनीहरुलाई त्यसो गर्न कसैले पनि रोक्दैन । महिलाले कोसँग रात बिताएको हो भन्ने अरु परिवारका सदस्यले थाहा नपाओस् भन्नका लागि ती पुरुषले सूर्योदय अघि नै आफ्नो बाटो तताएको हुन्छ ।

tuareg-tribe-17

tuareg-tribe-14

प्रकाशित मिति: Aug 2, 2016

प्रतिक्रिया दिनुहोस्