Logo
१२ बैशाख २०८१, बुधबार
(August 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शरिरको विभिन्न ठाउँमा भएका कोठीको संकेत यस्तो !

9Capture
एजेन्सी । हाम्रो शरिरमा कुनै प्रकारको जन्मजात वा जीवनकालको क्रममा निस्किएको निशानीलाई कोठी भन्ने गर्छौं । भारतीय ज्योतिष शास्त्रको शाखा समुन्द्र विज्ञानमा शरिरमा भएको चिन्हको आधारमा व्यक्तिको भविष्यको विश्लेष गरिन्छ । शरिरमा पाएको यो निशानीले हाम्रो भविष्य र चरित्रको बारेमा धेरै कुरा बताउँछ । धेरैपटक समयसँगै कोठी निस्कने गर्दछ भने कुनै गायब हुने गर्दछन् । आज हामी तपाईंलाई शरिरको कुन ठाउँको कोठीले कस्तो प्रकारको संकेत गर्दछ ।

कोठीले तपाईंको सबै प्रकारको शारिरिक, आर्थिक र चरित्रको बारेमा धेरै कुरा बताउँछ । सामान्यतया कोठी सबैको शरिरमा हुने गर्दछ । कोठीले मानिसको सुन्रतालाई पनि थप्ने काम गर्दछ । शरिरमा कोठी छ भने मानिसहरुले यसको फल के हुन्छ भन्ने जिज्ञासा राखेको हुन्छ । आउनुहोस्, आज त्यसबारे जानकारी लिऔं ।

गालामा कोठीः
गालामा यदि तपाईंको रातो कोठी छ भने यसले शुभ फलको संकेत दिन्छ । गालाको दायाँ भागमा कोठी हुने व्यक्ति निकै संवेदनशील हुने जसले घरपरिवारलाई निकै सम्मान दिन्छन् । यस्ता व्यक्तिले आफ्नी श्रीमती र आफन्तलाई निकै माया गर्छन् । यस्ता व्यक्तिले निकै सुखमय र लामो जीवन बाँच्छन् । बायाँ गालामा कोठी भएकाहरु अन्र्तमुखी स्वभावका र रिसालु हुने दर्साउँछ । उनीहरुले जीवनमा धेरै संघर्ष झेल्नुपर्ने हुन्छ । तर आफ्नो सन्तानका कारण बुढ्यौलीमा भने उनीहरु खुसी हुन्छन् ।

टाउकोमा कोठीः
टाउकोको सबैभन्दा माथि रहेको कोठी कपाल खौरिए मात्र देखिन्छ । यदि टाउकोको दायाँ भागमा कोठी छ भने त्यस्ता व्यक्ति राजनीतिमा सफल हुन्छन् । यदि त्यो कोठी रातो र हरियो छ भने त्यस्ता व्यक्ति नेता हुन्छन् । उनीहरुले समूदाय र व्यवसायमा उच्चतम सफलता हाँसिल गर्नेछन् । यस्ता व्यक्तिहरु समाजमा प्रतिष्ठतसमेत हुने गर्छन् ।

यदि कोठी टाउकोको बायाँ भागमा छ भने त्यस्ता व्यक्तिसँग पर्याप्त पैसा हुँदैन । साधारणतया यस्ता व्यत्तिले विवाह गर्दैनन् र आफ्नो जीवन घुमेर नै व्यतित गर्छन् । यस्ता व्यक्तिले आध्यात्मिक जीवनको नेतृत्व गर्छन् भने साहित्यमा पनि रुची राख्छन् । टाउकोको पछाडिपट्टी कोठी छ भने यो महिलाको कमजोरीलाई दर्साउँछ । यस्ता पुरुषहरु आफ्ना महिलासँग निकै नजिक हुन्छन् । यी व्यक्तिले पैसा त टन्नै कमाउँछन् तर उनको समाजमा राम्रो नाम हुँदैन ।

निधारमा कोठीः
निधारको मध्य भागमा रहेको कोठी निर्मल प्रेमको निशानी हो । यदि निधार ठूलो छ र यसको दाहिनेतर्फ कोठी छ भने यसले धनलाई सूचित गर्छ । यस्ता व्यक्ति समूदायको धनीमानीमा गनिन्छन् र इज्जतदार पनि रहन्छन् । यी व्यक्तिले अरुलाई पनि सहयोग गर्छन् र भगवानप्रति आस्थावान् हुन्छन् । निधारको दाहिनेतर्फको कोठीले कुनै विशेष कुरामा निपुणता दर्साउँछ भने बायाँ तर्फको कोठी फजुलखर्चको प्रतिक हो । यस्ता व्यक्तिहरु स्वार्थी हुने भएका कारण उनीहरुलाई कसैले पनि सहयोग गर्दैनन् र गन्दैनन् पनि । निधारको सबैभन्दा माथि भएको कोठीको विषयमा अर्को धारणा रहेको छ । निधारको सबैभन्दा माथिपट्टीको दायाँ भागको कोठी धन वृद्धिकारक हुन्छ भने बायाँ तर्फको कोठी घोर निराशापूर्ण जीवनको सूचक हो ।
आँखी भौंको कोठीः
यदि दुबै आँखी भौंमा कोठी छ भने त्यस्ता व्यक्तिले धेरैजसो यात्रा गरिरहेको हुन्छ । आँखी भौंको बीचमा कोठी छ भने त्यस्ता व्यक्ति नेतृत्व गर्नसक्ने क्षमताका हुन्छन् । उनीहरुले समूदायमा नाम दाम सबै कमाएका हुन्छन् ।
आँखी भौंको दाहिने कोठी सुखमय र बाँयापट्टीको दुःखद दाम्पत्य जीवनको संकेत हो । दायाँ आँखीभौंमा कोठी भएका मानिसहरुको असल महिलासँग चाँडै विवाह हुन्छ । ती व्यक्ति विवाहपछि भाग्यमानी हुन्छन् । यस्ता पुरुषले आफ्नी महिलाको नाममा लगानी गर्दा राम्रो हुन्छ

कानमा कोठीः
कानको कुनै पनि भागमा कोठी छ भने त्यस्ता व्यक्तिले राम्रो कमाउँछन् र उनीहरुको जीवनशैली भव्य हुन्छ । यस्ता व्यक्तिहरु अन्धधुन्ध पैसा खर्च गर्छन् । कानको पछाडि कोठी छ भने त्यस्ता मानिसहरुले रितिरिवाजको निकै ख्याल राख्छन् । उनीहरुले उच्च घरानाकी श्रीमती पाउँछन् ।

नाकमा कोठीः
नाकमा यदि कोठी छ भने उक्त व्यक्ति छिट्टै सोच्ने र छिट्टै रिसाउने किसिमका हुन्छन् । यस्ता व्यक्तिहरुको उच्च आत्मसम्मान हुन्छ । नाकको दायाँपट्टीको भागमा कोठी छ भने थोरै मेहेनत गरेर पनि धेरै पैसा कमाउन सक्ने बताउँछ । नाकको बायाँपट्टी कोठीले उच्च व्यक्ति यौन व्यवसायमा संलग्न हुने बताउँछ ।

ओठमा कोठीः
ओठमा माथिल्लो भागमा कोठी हुने व्यक्ति निकै प्रेमिल स्वभावका हुन्छन् । तर विलासीका सामान र महिलाहरुमा यस्ता व्यक्ति आशक्त हुन्छन् । ओठको तल्लो भागमा कोठी हुने व्यक्तिले मिठो खानेकुरा मनपराउँछन् । यस्ता व्यक्तिको अभिनय र थिएटरमासमेत रुची हुन्छ ।

2Capture

प्रकाशित मिति: Aug 2, 2016

प्रतिक्रिया दिनुहोस्