Logo
१३ बैशाख २०८१, बिहीबार
(August 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुम्बन गरिरहेको श्रीदेवीकी छोरी जान्वी कपुरको तस्विर भाइरल !

sridevi_daughter (1)

मुम्बई । श्रीदेवीकी छोरीको जान्वी कपुरको केही व्यक्तिगत तस्विर इन्टरनेटमा लिक भएको छ । जसमा उनी एक युवकलाई चुम्बन गरिरहेको देखिएको छ । भारतीय समाचार माध्यमका अनुसार जान्वीसँग देखिएका युवक उनको प्रेमी शिखर पहरिया हुन् । रिपोर्टका अनुसार उनी पूर्व युनियन मन्त्री सुशील कुमार सिन्देका नाती हुन् ।

यसअघि उनको भाई वीर पहरिया र सैफ अली खानको छोरी साराबीच प्रेमसम्बन्धको चर्चा पनि आएको थियो । जान्वीले गत मार्च ६ मा आफ्नो १९ औं जन्मदिन मनाएकी थिइन् । रिपोर्टका अनुसार उनी हाल अमेरिकामा अभिनयको कक्षा लिइरहेकी छिन् । १९ औं जन्मदिनमा परिवारबाट टाढा रहेकी उनले ‘मिस यु जानु’ समाजिक सञ्जालमा लेखेकी थिइन् ।

रिपोर्टका अनुसार कयौं चलचित्रकर्मी जान्वीलाई लन्च गर्न चाहन्छन् । तर, श्रीदेवी यसका लागि राजी छैनन् । गजनी र होलिडे जस्ता हिट चलचित्र बनाएका ए आर मुरुगदास मुरुगुदासले पनि जानवीलाई तेलगु चलचित्रमार्फत लन्च गर्न चाहन्थे । तर, श्रीदेवीले जान्वी चलचित्रका लागि तयार नभएको भन्दै उनको अफर अस्वीकार गरेकी थिइन् ।

sridevi_daughter (2)

प्रकाशित मिति: Aug 2, 2016

प्रतिक्रिया दिनुहोस्