Logo
१५ बैशाख २०८१, शनिबार
(August 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सशस्त्रको किर्ते प्रकरण छानविन गर्न अनुसन्धान समिति

apf

काठमाडौं । सशस्त्र प्रहरीको ठेक्कामा भएको किर्ते काण्डको अनुसन्धान गर्न अतिरिक्त प्रहरी महानिरीक्षकको अध्यक्षतामा छानबिन समिति गठन भएको छ ।

सशस्त्रले माग गरेको ४३ हजार मिटर सुती कपडामध्ये ठेकेदारले उपलब्ध गराएको २७ हजार ९६ मिटर कमसल गुणस्तरको कपडाको भुक्तानी दिन विभागको पत्र किर्ते गरेको पाइएको थियो ।

सशस्त्र प्रहरी प्रवक्ता एआईजी शैलेन्द्र खनालले एआईजी प्रेमकुमार शाहीको नेतृत्वमा किर्ते प्रकरणको अनुसन्धानका लागि सोमबार समिति गठन गरिएको हो । समितिले एकसाता भित्र प्रतिवेदन सशस्त्र महानिरीक्षकको सचिवालयमा पेश गर्नेछ।

विभागको पत्र संख्या १३११ र चलानी नम्बर २७२८ को पत्रमा कपडाको गुणस्तर सशस्त्रले मागेको भन्दा ६० अंक कम रहे पनि प्रशासन महाशाखा र महानिरीक्षकको सचिवालयका अधिकारीको मिलेमतोमा गुणस्तर बढाएर ठेकेदार नारायणदास श्रीनिवासलाई भुक्तानी दिएको थियो ।

विभागले कपडाको वेफ्ट डायमिटर २९९ रहेको पत्र सशस्त्रको प्रशासन महाशाखामा पठाएको भए पनि प्रशासन विभाग र महानिरीक्षकको सचिवालयले वेफ्ट डायमिटर ३६० बनाएको र्कीते पत्रका आधारमा ७२ लाख २६ हजार १ सय २० रुपैयाँ भुक्तानी दिएका हुन् ।

विभागले उपलब्ध गराएको नतिजा पत्रको हुबहु र्कीते नतिजामा सबै एकसमान रहे पनि कपडाको गुणस्तरको अंक मात्र बढाइएको छ। सशस्त्रले पोसाकका लागि आवश्यक सुती कपडा २०७२ चैतमा माग गरेबमोजिम वेफ्ट डायमिटर ३६० भन्दा तीन अंक कम वा तीन अंक बढी सम्मलाई मान्यता दिने र खरिद गर्ने आधार तय गरेको थियो ।

प्रकाशित मिति: Aug 2, 2016

प्रतिक्रिया दिनुहोस्