Logo
८ बैशाख २०८१, शनिबार
(August 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो

Petrol-Dijel

काठमाडौं १८ साउन । नेपाल आयल निगमले पेट्रोेलिमय पदार्थको मूल्य घटाएको छ ।  नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर ९७ रुपैयाँमा पाइनेछ ।

निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मटि्टतेल र एलपीजी ग्यासको मूल्य घटाएको हो । यसअघि ९९ रुपैयाँ लिटरको पेट्रोलका २ रुपैयाँ मूल्य घटाइएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले  जानकारी दिए ।

एलपीजी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २५ रुपैयाँ सस्तिएको छ । यसअघि १४ सय रुपैयाँ प्रतिसिलिन्डरमा पाइने ग्यास अब १३ सय ७५ रुपैयाँमै पाइने प्रवक्ता घिमिरे बताए ।

यस्तै डिजेल र मटि्टतेल लिटरमा २ रुपैयाँ सस्तो भएर प्रतिलिटर ७३ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मटि्टतेल प्रतिलिटर ७५ रुपैयाँमा पाइन्थ्यो ।

प्रकाशित मिति: Aug 2, 2016

प्रतिक्रिया दिनुहोस्