Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड मात्र उम्मेद्वार तर सर्वसम्मत नहुने, भोलि मतदान गर्नैपर्ने

prachanda-pm-

काठमाडौं १८ साउन । प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मात्र उम्मेदवारी परेको छ  ।एक्लो उम्मेदवार भएपनि माओवादी अध्यक्ष प्रचण्ड सर्वसम्मत प्रधानमन्त्री भने बन्ने छैनन् ।

प्रचण्डको मात्र उम्मेद्वारी परेको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए ।  प्रधानमन्त्रीको उम्मेदवार दर्ताका लागि सोमबार विहान ११ बजेदेखि ४ बजेसम्मको समय तोकिएको थियो ।

प्रचण्डले विहान ११ बजेर २५ मिनेटमा समर्थक दलका नेताहरुसहित उम्मेद्वारी दर्ता गरेका थिए । उनको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा छन् भने समर्थकमा कृृष्णबहादुर महरा, उपेन्द्र यादवसहितका नेताहरु छन् ।

अघिल्लो दिनसम्म अहिले सरकारको नेतृत्व गरिरहेको एमालेले पनि उम्मेदवारी दिने तयारी गरेको थियो । तर, मंगलबार विहान बसेको एमाले स्थायी कमिटीको बैठकले उम्मेद्वारी नदिने र विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

संसदको नियमावली अनुसार मतदान प्रक्रियामा लैजानुपर्छ । बुधबार विहान ११ बजेको संसद बैठकमा प्रधानमन्त्री पदको निर्वाचन हुनेछ । र, प्रचण्डको उम्मेदवारी प्रस्तुत भएपछि पक्ष-विपक्षमा मतदात हुनेछ ।

संसदमा अहिले ५९५ सांसद छन् र प्रधानमन्त्रीमा निर्वाचित हुन २८८ मत आवश्यक पर्छ । अहिलेसम्मको अवस्था हेर्दा प्रचण्डको पक्षमा ३६६ भन्दा बढी सांसद देखिएका छन् ।

प्रचण्डका समर्थकहरु :

– नेकपा माओवादी केन्द्र कृष्ण बहादुर महरा

-संघिय समाजवादी फोरम नेपाल उपेन्द्र यादव

-मधेशी जनअधिकार फोरम नेपाल योगेन्द्र चौधरी

-राष्ट्रिय प्रजातन्त्र पार्टी परशुराम तामाङ्ग

-तराई मधेश लोकतान्त्रिक पार्टी सर्वेन्द्रनाथ शुक्ला

-सद्भावना पार्टी लक्ष्मणलाल कर्ण

-नेकपा संयुक्त जयदेव जोशी

-थरुहट तराई पार्टी गंगा चौधरी

-संघिय लोकतान्त्रिक मञ्च थरुहट रुक्मिणी चौधरी

-समाजवादी जनता पार्टी प्रेम बहादुर सिँह

-नेपाली जनता दल हरीचरण शाह

-खम्बुवान राष्ट्रिय मोर्चा राम कुमार राई

-अखण्ड नेपाल पार्टी कुमार खड्का

-दलित जनजाती पार्टी यशोदा कुमारी लामा

-जनजागरण पार्टी नेपाल लोकमणी ढकाल

-स्वतन्त्र सभाषद चन्द्रेश्वर झा

प्रकाशित मिति: Aug 2, 2016

प्रतिक्रिया दिनुहोस्