Logo
७ बैशाख २०८१, शुक्रबार
(August 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक व्यक्तिले पर्खाल नाघेर अमिताभको घर पसेपछी

pratiksha_bunglow_amitabh मुम्बई । मुम्बईको जुहु स्थित बलिउड अभिनेता अमिताभ बच्चनको घर ‘प्रतिक्षा’ मा आइतबार दिउँसो एक व्यक्ति पर्खाल नाघेर भित्र घुसे । घटना भएका बेला अमिताभ घरमै थिए ।

पर्खाल नाघेर अमिताभको घर पस्ने व्यक्ति बनवारी लालले सबै सुरक्षागार्डलाई छक्याएका थिए । तर कुनै किसिमको अप्रिय घटना हुनु पूर्वनै अमिताभका निजी सुरक्षागार्डले बनवारीलाई पक्रिएर जुहु प्रहरीको जिम्मा लगाए ।

जुहु प्रहरी चौकीका वरिष्ठ निरीक्षक एसआर घोसालकरले भने ‘आरोपीको नाम बनवारी लाल यादव हो । २५ वर्षका यादव बिहारबाट मुम्बई आएका हुन् ।’

बनवारी लालले आफूलाई अमिताभको फ्यान तथा गायक बताएको प्रहरी निरीक्षक घोसालकरले बताए । आफू अमिताभलाई गीत सुनाउन पर्खाल नाघेर भित्र छिरेको प्रहरी समक्ष बनवारी लालले बयान दिएका छन् ।

बलिउडमा सोझो तरिकाले ब्रेक नमिल्ने भएकाले अमिताभलाई गीत सुनाएर सजिलै ब्रेक लिन चाहेको बनवारी लालको भनाई छ ।

आफ्नो अरु कुनै गलत नियत नरहेको उनले दाबी गरेको प्रहरीले जनाएको छ । प्रहरीले अहिले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

– स्रोत : बिबिसी हिन्दी

प्रकाशित मिति: Aug 2, 2016

प्रतिक्रिया दिनुहोस्