Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेसबुकले ल्यायो बर्थडे रिक्याप भिडियो फिचर (भिडियो सहित)

-facebook-for-cool-birthday

एजेन्सी । विश्वमा ज्यादै नै लोकप्रिय रहेको सोसल नेटवर्किंग साइट फेसबुकले बर्थडे रिक्याप भिडियो फिचर ल्याएको छ ।  उक्त भिडियो तपाइँको न्यूजफिडको सबैभन्दा माथि देखिनेछ ।

यस भिडियोमा जन्मदिनको अघिल्लो दिन तपाइँको टाइमलाइनमा पोष्ट भएका सबै शुभकामना तथा तस्वीरहरुको सृजनात्मक मोन्टाज तयार हुनेछ ।

फेसबुक आफैले यस्तो भिडियो तयार गर्नेछ र प्रयोगकर्तालाई भिडियो शेयर गर्ने नगर्ने विकल्प दिनेछ । प्रयोगकर्ताले फेसबुकले तयार पारेको भिडियोलाई इडिट गर्न तथा कुन पोष्टलाई हाइलाइट गर्ने भन्ने कुरा समेत तय गर्न सक्नेछन् ।

फेसबुकको बर्थडे विशेष भिडियो एउटा केकबाट सुरु हुन्छ र विशेष तवरमा जन्मदिनको शुभकामना देखाइन्छ । यस्तो भिडियो बन्नका लागि प्रयोगकर्ताको टाइमलाइनमा कम्तिमा पनि ३ वटा बर्थडे शुभकामना हुनु आवश्यक हुन्छ ।

हेरौ फेसबुकको बर्थडेर भिडियो:

प्रकाशित मिति: Aug 1, 2016

प्रतिक्रिया दिनुहोस्