Logo
१५ चैत्र २०८०, बिहीबार
(August 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जेलबाट बाहिर निस्किएपछि संजय दत्त ‘मुन्ना भाई ३’  को तयारीमा 

Sanjay Dutt

एजेन्सी, मुम्बाई ।  बलिउड स्टार संजय दत्त जेलबाट बाहिर निस्किएपछि नायक  अब चलचित्र यात्रामा लागेका छन् । उनी अब चाडै नै चलचित्र ‘मुन्ना भाइ’को तेश्रो सिरिजमा काम गर्ने तयारीमा छन् ।

 यो चलचित्रको छायांकन नोभेम्बरबाट सुरु हुनेछ । उनका अनुसार चलचित्रको रिलिज सन् २०१८ मा हुनेछ । संजयले आफूले यो चलचित्रपछि महेश मांजरेकरको एक चलचित्र गर्न लागेको बताए ।

अघिल्ला २ सिरिज हिट भएकाले पनि तेश्रो सिरिजको प्रतिक्षा गरिएको थियो ।  आफ्नो जन्मदिनको अवसर पारेर संजयले चलचित्र छायांकन र प्रदर्शन मितिको बारेमा कुरा गरेका छन् ।

‘दे धक्का’ नामक मराठी चलचित्रमा काम गर्न लागेको संजयको भनाई छ । यसपछि पनि आफ्नो हातमा राम्रा प्रोजेक्ट भएको उनले बताए । संजयको नयाँ चलचित्रलाई लिएर उनका फ्यानमा पनि उत्साह थपिएको छ ।

संजयले यस बिषयमा भने-‘म पनि चलचित्र रिलिजको समय पर्खिएर बसेको छु ।’ राजकुमार हिरानी अहिले संजय दत्तको बायोपिकमा काम गरिरहेका छन् ।

यसकाकारण पनि चलचित्र ‘मुन्ना भाइ ३’को छायांकनमा ढिलो भएको हो । यस बिषयमा संजयले भने-‘म यो चलचित्रमा काम गर्दिन । मलाई लाग्छ यो चलचित्रको छायांकन फ्रेवुअरीमा सुरु हुन्छ ।’

प्रकाशित मिति: Aug 1, 2016

प्रतिक्रिया दिनुहोस्