Logo
१३ बैशाख २०८१, बिहीबार
(August 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपप्रधान तथा रक्षामन्त्रीको जंगी अड्डामा बिदाइ कार्यक्रम

Sena News

काठमाडौं  । उपप्रधान, रक्षा तथा गृहमन्त्री भीम रावलले नेपाली सेनाले बाढीपीडितको खोज, उद्धार र राहत कार्यमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार रावलले सेनाको क्षमतामा अभिवृद्धि गरी आधुनिकीकरण गर्दै संगठनात्मक सुदृढीकरण गर्दै लैजानुपर्नेमा जोड दिएका थिए ।

सरकारबाट बिदा हुनुअघि जंगी अड्डामा सोमबार आयोजित कार्यक्रममा रावलले सेनाले राष्ट्र विकास, पर्यावरण संरक्षण, अस्थायी सामूहिक आवास निर्माण र विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानको प्रशंसा गरे ।

कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले सेना र रक्षा मन्त्रालयबीचको सम्बन्ध सौहार्दपूर्ण बनाउन रावलले निर्वाह गरेको भूमिका र सहयोगका लागि धन्यवाद दिएका थिए ।

प्रकाशित मिति: Aug 1, 2016

प्रतिक्रिया दिनुहोस्