Logo
११ बैशाख २०८१, मंगलबार
(August 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले भने-‘अर्को देशबाट आएर नागरिकता लिने, अनि नेपालविरुद्ध निहुँ खोज्ने ?’

PM KP OLI

काठमाडौं १७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस केन्द्रित दलहरुको चर्को आलोचना गर्दे सम्बोधन गर्ने मुद्दा केही नभएको बरु नेपालविरुद्ध निहुँ खोजेको आरोप लगाएका छन ।

तुलसीलाल अमात्यको स्मृती दिवसका अबसरमा सोमबार आयोजित कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, अर्को देशबाट आउने वित्तिकै नागरिकता लिने र नागरिकता पाउनासाथ राष्ट्रपति, प्रधानमन्त्री किन नपाउने ? भनेको भन्दै उनले भने, ‘अर्को देशमा जन्मेकोले पाउँदैन । सकियो ।’

संविधानमा केही कमिकमजोरी भए पनि तराईबासीको अधिकार नखोसिएको भन्दै उनले भने, ‘सम्बोधन भएन भनेको छ । सम्बोधन केही होइन, नेपालविरुद्ध निहुँ खोजेको हो ।’  मधेस केन्द्रित दलहरुको कुनै माग नभएको उनले बताए । एमालेविरुद्ध भोट दिन पाउने भए माग छाडेर कुदेर आउने गरेको भन्दै उनले भने, ‘अब के हो माग रु माग त पुरा भइसक्यो । आइसक्नु भो । सरकारमा जान लाइन लाग्नु भएको छ ।’

प्रधानमन्त्री ओलीले आफ्नो सरकारले वास्तै गरेन भन्ने मोर्चाको आरोप अस्वीकार गरे । उनले अघि भने, ‘तमसुकभन्दा लामो पत्र लेखेको छु । आउनुस्(आउनुस् वार्ता गरौं भनेर लखेको छु तर, सरकार परिवर्तन पर्खेर बसे ।’ शेरबहादुर देउवा र प्रचण्डलाई पनि व्यंग्य गर्दै उनले कसैलाईर् जस्तो म प्रधानमन्त्री भएपछि सबै माग पूरा गरिदिन्छु भनेर आफूलाई भन्नु नरहेको बताए । ओलीले भने, ‘के पूरा गर्नुहुन्छ हेरौंला । मधेस तपाईहरुको हो भनेर सही छाप गरिदिने र ?’

तर, उनले संविधान कार्यान्वयन नगर्ने र देशलाई प्रतिगमनतिर लैजाने प्रयासलाई एमालेले कुनै हालतमा सफल हुन नदिने बताए ।सरकारको नेतृत्व गर्ने तयारीमा रहेको प्रचण्ड माओवादीतर्फ संकेत गर्दै उनले ‘नावाकाद’हरुको विगविगी रहेको बताए । उनले अघि भने, ‘नामका वामपन्थी कामका दक्षिणपन्थीको विगविगी बढेको छ आजभोलि । त्यसैगरी नामका लोकतन्त्रवादी, काम त अर्थोकै‘ ।’

एमाले अध्यक्षसमेत रहेका प्रधानमत्री ओलीले सरकार परिर्वतनलाई संविधान कार्यान्वयन हुने नदिने र देशलाई फेरि प्रतिगमनतिर लैजाने षड्यन्त्रको संज्ञा दिएका छन् । ००७ पछि संविधानसभा चुनाव नभएकोदेखि दरवार हत्याकाण्ड र माघ १९ अघि यस्तै बाटो लिइएको भन्दै उनले भने, ‘कहिले लोकेन्द्रबहादुर चन्द कहिले सूर्यबहादुर थापा प्रधानमन्त्री । अहिले पनि त्यो सुरु भइसक्यो ।’

प्रकाशित मिति: Aug 1, 2016

प्रतिक्रिया दिनुहोस्