Logo
१५ चैत्र २०८०, बिहीबार
(August 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री नहुदै प्रचण्डलाई म्यादी भन्दै बाबुरामले दिए कडा झड्का !

baburam-party-chhade1

दाङ । संभावित प्रधानमन्त्री भनिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कुनैबेला सहपाठी रहेका हाल नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले प्रधानमन्त्री नहुदै प्रचण्डलाई म्यादी प्रधानमन्त्री भन्दै आलोचना गरेका छन ।

सोमवार दाङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, म्याद तोकेर बनाइने सरकारले केही काम गर्नसक्दैन । यस्तो सरकारलाई कसैले पत्याउँदैन ।

भट्टराईले प्रधानमन्त्री बन्न लागेका माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै भने, यस्तो म्यादी प्रधानमन्त्रीले कसरी काम गर्नसक्छ रु छिमेकी र अन्तराष्ट्रिय समुदायले पनि पत्याउँदैनन् ।

पुरानै संसदीय परम्परा कायम रहेसम्म सत्ताका लागि यस्तो चलखेल भइरहने र राजनीतिलाई सधै यसलाई अस्थिर बनाउने चिन्ता व्यक्त गरे ।

राजनीतिक स्थिरता र सत्ताको फोहोरी खेल अन्त्य गर्नका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको मोडलमा जानुपर्ने बताउँदै उनले भने, राजनीतिक स्थिरता र समृद्धिको औषधि नै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हो । यो नहुँदासम्म हामी सरकार परिवर्तनमै अल्झिरहन्छौं ।

प्रकाशित मिति: Aug 1, 2016

प्रतिक्रिया दिनुहोस्