Logo
८ बैशाख २०८१, शनिबार
(August 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोचाद्धारा पहिला पेस गरेको प्रस्तावमा २ बुँदा थपेर पुनः अर्को प्रस्ताव पेश !

Madheshi_NC_Mo

काठमाण्डौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको तर्फबाट कार्यदल समक्ष पेश गरिएको पाँच बुँदे राजनीतिक मागमा दुई बुँदा थप गरेर सोमवार पुनः अर्को प्रस्ताव पेश गरिएको छ ।

यसअघि मोर्चाले माओवादी अध्यक्ष पुष्पकमल दहाललाई प्रधानमन्त्रीमा मतदान गर्न कार्यदल समक्ष प्रस्ताव पेश गरेको थियो ।

राजनीतिक मागहरु कार्यदलबाट सम्बोधन भए प्रधानमन्त्री निर्वाचनामा दहालको पक्षमा मतदान गर्ने मोर्चाले सातौ बुँदामा उल्लेख गरेको छ ।

थप गरिएको राजनीतिक मागमा स्थानीय निकाय पुर्नसंरचना आयोग पुर्नगठन गर्नुपर्ने भनिएको छ । राजनीतिक मागहरु कार्यदलबाट सम्बोधन भए प्रधानमन्त्री निर्वाचनामा दहालको पक्षमा मतदान गर्ने मोर्चाले सातौ बुँदामा उल्लेख गरेको छ ।

अहिले स्थानीय निकाय पुर्नसंरचना गर्ने कार्य रोकेर आयोग गठन गरेर मात्र स्थानीय निकाय पुर्नसंरचनाको काम अगाडि बढाउनुपर्ने मोर्चाको माग छ ।

मोर्चा घटक दलका एक नेताले भने, ‘ ५१ प्रतिसत जनसंख्या रहेको मधेसमा १ सय ८८ गाउँपालिका र ४८ प्रतिसत जनसंख्या रहेको पहाडमा २ सय ७७ गाउँपालिका बनाउन मधेस प्रति बेईमानी हो ।’ यो प्रक्रिया अन्तर्गत पहाडको तुलनामा मधेसको ८९ सिट कम हुन्छ,’ उनले भने ।

राखेको मागमा कार्यदलबाट सहमति सहितको प्रतिवद्धता आए प्रधानमन्त्री निर्वाचनामा दाहाललाई मत हाल्ने उनले बताए ।

‘आयोग नै गठन नगरि आफूखशी स्थानीय निकायको पर्नसंरचना गर्दा राष्ट्रिय सभामा मधेसको प्रतिनिधित्व कम हुन्छ।’ उनले भने,‘कानुन बनाउने ठाउँमा मधेसको प्रतिनिधित्व कम गराउने कार्य मान्य हुन्न् ।’

प्रकाशित मिति: Aug 1, 2016

प्रतिक्रिया दिनुहोस्