Logo
११ बैशाख २०८१, मंगलबार
(July 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ सत्ता समिकरण: आज राति सम्ममै मस्यौदामा हस्ताक्षर हुदै !

Madheshi_NC_Mo

काठमाण्डौ । नयाँ सत्तासकिकरण अनुरुप नेपाली काग्रेस, नेकपा माओवदी केन्द्र र संयूक्त लोकतान्त्रिक मधेशी मोर्चावीच राजनीतिक सहमती हुने करिब–करिब तय भएको छ ।

उच्च समाचार आज राति सम्ममै साझा कार्यक्रमको मस्यौदामा हस्ताक्षर हुने छन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासग काग्रेस–माओवादी गठबन्धनले संघीय प्रदेशको प्रधानमन्त्री चुनावअघि नै सीमांकन हेरफेरबारे प्रतिबद्धता जनाउने तयारी रहेको बताइएको छ ।

आइतबार सिंहदरबारस्थित माओवादी संसदीय दल कार्यालयमा बसेको साझा न्युनतम कार्यक्रम तथा सहमति निर्माणका लागि गठित त्रिपक्षीय कार्यदल बैठकमा गठबन्धन नेताहरुले मधेस आन्दोलनको सबैभन्दा मूख्य माग नै सीमांकन हेरफेर भएकाले त्यसमा प्रष्ट प्रतिबद्धता प्राप्त भएपछि मात्रै आगामी सरकारलाई सघाउन सकिने अडान राखेका थिए ।

बैठक स्रोतका अनुसार कांग्रेसले माओवादीसग गरेको सातबुदे सम्झौतामा नै सीमांकनको कुरा प्रष्ट राखेकाले त्यसलाई नै मूल आधार बनाउनुपर्ने धारणा राखेको थियो ।

कार्यदल सदस्य रहेका कांग्रेस नेता विमलेन्द्र निधिले आफ्नो दलले माओवादी केन्द्रसग असार अन्तिम साता गरेको सातबुदे सहमतिको पहिलो बुदामै मधेसी, थारु, जनजातिलगायतका मुद्दा सम्बोधन गर्ने उल्लेख भएकाले त्यसैलाई साझा न्युनतम कार्यक्रमको मूख्य आधार बनाउन प्रस्ताव गरेको बताए ।

‘हाम्रो रोडम्याप नै सीमांकन भएकाले अहिल्यै प्रष्ट गर्नुपर्छ भनेर ठूला दलसग हामिले राय मागेका हौ तमलोपा नेता हृदयेश त्रिपाठीले बताए । यता कार्यदल सदस्य रहेका संघीय लिम्बुवान पार्टी अध्यक्ष कुमार लिङेनले पनि छलफलमा सीमांकन मुद्दा औपचारिक रुपमा प्रवेश गरेको बताए ।

कार्यदलमा कांग्रेसबाट विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र रमेश लेखक तथा आन्दोलनरत संघीय गठबन्धनका तर्फबाट संघीय समाजवादी फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, तमलोपा वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी र लिम्बुवान पार्टी अध्यक्ष कुमार लिङदेन कार्यदल सदस्यका सहभागी छन् ।

माओवादीका तर्फबाट नेता कृष्णबहादुर महराले सीमांकनलगायत सबै मुद्दामा खुला ढंगले छलफल गर्न आफ्नो दल तयार भएको भन्दै गठबन्धनलाई आश्वस्त पार्न खोजेका थिए ।

उनले यसअघि माघ पहिलो सातासम्म भएका छलफलमा सीमांकनसम्बन्धी उच्चस्तरीय राजनीतक संयन्त्रमार्फत् जान सकिने सम्भावना खुला राख्नुपर्ने समेत बताए ।

आइतबार माओवादी केन्द्रले साझा न्युनतम कार्यक्रम तयार पार्न शनिबार गठित त्रिपक्षीय कार्यदलमा आफ्ना तर्फबाट तीन सदस्यको नाम पठाएको छ । अध्यक्ष पुष्पकमल दाहालले कार्यदलमा नेता कृष्णबहादुर महरा, वर्षमान पुन र गिरिराजमणि पोखरेललाई पठाएका हुन् ।

संघीय समाजवादी फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले दुवै पक्षले तयारीसहित आजको बेठकमा आउने, सम्भव भए रातिभित्रै सहमतिको मस्यौदामा हस्ताक्षर हुने बताए ।

प्रकाशित मिति: Jul 31, 2016

प्रतिक्रिया दिनुहोस्