Logo
१२ बैशाख २०८१, बुधबार
(July 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोशीले धार परिवर्तन गर्दा सुनसरी र उदयपुर जोखिममा  

Udaipur CDO

उदयपुर १६ साउन । सप्तकोशी नदीले धार परिवर्तन गरि कटान गर्दा सुनसरी र उदयपुरको तपेश्वरी गाविसका स्थानीयहरु जोखिममा परेका छन् ।

२० वर्षअघि कोशी पूर्व महेन्द्रनगर र प्रकाशपुरतिर लागेपछि बस्ती घना भएको श्रीलंका टापुका बासिन्दा तरकारी खेती र पशुपालन गर्ने गर्दछन् । टापुमा प्रहरी चौकीसमेत नभएकोले आपतकालीन समयमा उनीहरुलाई सहयोग गर्ने निकाय नै नरहेको हो । त्यस क्षेत्रमा आठ वटा निजी र सरकारी विद्यालय रहेको छ । बाढीका कारण डुंगाबाट आउजाउ गर्नसमेत कठिनाइ भएको छ ।

कोशीले आफ्नो धार पश्चिम मोडेकाले नदी बीचमा रहेको पर्ने एविसी, चिलिया र श्रीलंका टापुमा बसोबास हजारौ परिवार घर जोखिममा परेका हुन् । असार र साउनमा मात्रै टापुको दुई हजार बिघा जमिन कटान गरेको स्थानीयले बताएका छन् । उक्त टापुमा सुनसरी प्रकाशपुर गाविसका वडान. ४ र ५, महेन्द्रनगरको वडा नम्बर ५ र उदयपुरको तपेश्वरी गाविस वडा न १ का स्थानीयहरु त्रासमा रात कटाउन बाध्य भएका छन् ।

शनिवार उदयपुरका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरे, भवानी दल गणका गणपती सुमन खड्का, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गैर सरकारी संस्थाका प्रनिनिधि, राष्टिय अनुसन्धान र नेकपा एमालेका उपाध्यक्ष विमल कार्कीको टोलीले कोशी कटानको निरिक्षण गरेको छ ।  कोशी कटान रोक्न सानो बजेटले नभ्याउने र नीतिगत रुपमा केन्द्रीय स्तरबाट प्रयास गर्नु पर्ने भएकाले सम्बन्धित निकायमा पत्राचार गरिएको प्रजिअ कृष्ण चन्द्र घिमिरेले बताए ।

प्रकाशित मिति: Jul 31, 2016

प्रतिक्रिया दिनुहोस्