Logo
१२ बैशाख २०८१, बुधबार
(July 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुईवटा रात्रीबस जुध्दा ९ जनाको मृत्यु, ३२ जना घाइते, ५ जनाको सनाखत भयो

B-reaking-News

काठमाडौं । मकवानपुरको मनहरी– ३ रमनटारमा दुईवटा रात्री बस जुध्दा ९ जनाको ज्यान गएको छ । ज्यान गएका ९ जना मध्ये अहिलेसम्म पाँच जनाको सनाखत भएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् ।

काठमाडौंबाट गाईघाटका लागि छुटेको ना ५ ख ५०५५ नम्बरको बस र काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ५ ख ४०६४ नम्बरको बस आपसमा ठोक्किँदा ९ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मिरा चौधरीले बताउनुभयो ।

दुबै बस एक आपसमा ठोक्किएको र नौ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । बस दुर्घटनामा ज्यान गुमाएका मध्ये उदयपुरको त्रियुगा नगरपालिका– १० का १० वर्षे बालक मणिरत्न चौधरी, २५ वर्षे विनोद चौधरी, सन्तोष चौधरी, काठमाण्डौका लक्ष्मीप्रसाद अधिकारी र २७ वर्षे सन्तोष चौधरीकोे मात्र सनाखत भएको प्रहरी उपरिक्षक चौधरीले बताउनुभयो ।

अन्यको नाम खुल्न बाँकी रहेको छ । ६ जनाको घटनास्थलमै र तीन जनाको हेटौडाको चुरेहिल अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ३१ जनाको हेटौडा– ११ मा रहेको चुरेहिल अस्पताल हेटौडामा उपचार भइरहेको छ । ज्यान गुमाएका ९ जनाको शव हेटौडा अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: Jul 31, 2016

प्रतिक्रिया दिनुहोस्