Logo
१३ बैशाख २०८१, बिहीबार
(July 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाहाललाई ओलीको ‘के सन्दर्भमा भेट्न खोज्नुभएको’ भन्दै प्रश्न !

kp-oli-pushpa-kamal-dahal

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटर भेट्न प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीलाई पुगेका नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ओलीले के सन्दर्भमा भेट्न खोज्नुभएको भन्दै प्रश्न गरेका छन् ।

त्यसपछि प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकारकाबारेमा माओवादी र सहकार्य गर्न खोज्ने नेपाली कांग्रेसको धारणा के हो भन्दै प्रश्न गरेका थिए ? ओलीले त्यसमा थप्दै के नेपाली कांग्रेस पनि राष्ट्रिय सहमतिको सरकारको गठनको पक्षमा उभिएको हो ?  भन्दै प्रश्न गरेका थिए ।

अध्यक्ष दाहालले ओलीको प्रश्नमा सहमतिको सरकार गठनको पहलको लागि भेट्न आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए ।

नेपाली कांग्रेसले संसदमा र सार्वजनिक रुपमा समेत ठूला राजनीतिक दलहरु कांग्रेस र एमाले सँगै सरकारमा बस्न नमिल्ने धारणा सार्वजनिक गर्दै  आएको भन्दै ओलीले यदि कांग्रेस राष्ट्रिय सहमतिका लागि तयार हो भने सबैभन्दा पहिला उसले आफ्नो धारणा सार्वजनिक रुपमा प्रष्ट्याउनु पर्ने दाहाललाई भनेका थिए ।

अध्यक्ष दाहालले राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने अवस्था रहेपनि आफुले धर्म निर्वाह गर्न वार्तामा आएको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: Jul 30, 2016

प्रतिक्रिया दिनुहोस्