Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीयसगँ लडेका देवनारायण काठमाण्डौमा, मनमोहन अस्पतालमा भर्ना

Tilathi News

काठमाण्डौ  ।  सप्तरीको तिलाठीमा साउन १३ गते भारतीय पक्षबाट दसगजामा नदीको बहाव थुनेर तटबन्ध बनाएपछिको झडपमा घाइते पूर्वजिविस सदस्य देवनारायण यादव  शनिबार काठमाडौं  आएका छन ।

‘राष्ट्रिय स्वाधिनताका लागि युवा अभियान’ नामक अनौपचारिक समूहको पहलमा उनलाई  काठमाडौं ल्याइएको छ । विराटनगरबाट जहाजमा आउनुभएका यादवलाई अभियानकै पहलमा स्वयम्भूस्थित प्रस्तावित मनमोहन शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

सप्तरीको तिलाठीमा दशगजा मिचेर भारतीयले बनाएको बाँध सीमावर्ती नेपालीले भत्काइदिए । त्यसक्रममा भएको झडपमा केही नेपाली घाइते भए । भारतीयले बनाएको बाँध भत्काउने अभियानको नेतृत्व गरेका देवनारायण यादव पनि झडपमा घाइते भए ।

उनलाई उपचारका लागि युवाहरुको एक समूहले काठमाडौं ल्याएको छ ।  उनले भने  साउन १३ गते बिहीबार झडपको घटना भएपछिमात्रै हामीमाथिको भारतीय हेपाहा प्रवृत्ति बाहिर आएको हो । तर पुस्तौंदेखि हामी सीमामा बनाएको बाँधले आजित भएका थियौं । १९७१ मा भारतले तिलाठीमा रहेको दशगजा क्षेत्रमा बाँध बनाएपछि हामी निरन्तर डुबानमा परेका छौं ।

सीमा क्षेत्रको सुरक्षाका लागि सशस्त्र प्रहरीको बेसक्याम्प छ । इन्स्पेक्टरले नेतृत्व गरेको बेसक्याम्पसँग आफ्नै बाध्यता छन् । सुरक्षा मामिला हेर्छ तर भारतीय पक्षबाट हुने यस्ता क्रियाकलाप रोक्न सक्दैन । तर, नेपाली सुरक्षाकर्मीले मुखियालाई बोलाएर धेरैपटक बाँध बाँध्न रोकेको छ । हामीले पनि त्यो नो म्यान्स ल्यान्ड हो, इन्डियाको होइन । एक थोपा माटो नथप्ने सहमति पालना गर्न भनिरह्यौँ ।

भारतीयले ‘नो म्यान्स ल्यान्ड’मा बाँध बनाएको कुरा मैले सिडियो र जिल्ला प्रहरी प्रमुखलाई पटक पटक भनेको थिएँ । पीडाले कति पटक त मैले सिडियो र पुलिस चिफलाई असभ्य भाषा पनि प्रयोग गरेँ । असभ्य भाषा बोल्नु मेरो बाध्यता थियो, किनकि स्वामिभानको कुरा थियो । देशको धर्तीको रक्षाको कुरा थियो ।

शुक्रबार पनि भारतीयहरुले बाँध बनाउन थालेपछि जिल्ला प्रशासनलाई जानकारी गरायौं । सिडियोले पनि स्थलगत हेरेर फर्कनुभयो । तर, काम रोकिएन । भारतीय क्षेत्रमा त्यहाँ मुसलमान र बनियाँहरुको बस्ती छ । उनीहरु सयौं थिए । हामी सुरुमा दुई तीन जनामात्रै थियो । विस्तारै गाउँका महिलाहरु र तीस जना केटाकेटी थिए ।

प्रकाशित मिति: Jul 30, 2016

प्रतिक्रिया दिनुहोस्