Logo
८ बैशाख २०८१, शनिबार
(July 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मस्यौदा तयार गर्न ९ सदस्यीय समिति गठन

congress-mao-madheshi

काठमाडौं  ।  नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) तथा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आजको बैठकले मोर्चाका माग र सरकारमा सहभागी हुनेबारे मस्यौदा तयार गर्न नौ सदस्यीय समिति गठन गरेको छ ।

सिंहदरबारस्थित राज्य व्यवस्था समितिको सभाकक्षमा बसेको बैठकबारे जानकारी गराउँदै कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेस, माओवादी र मोर्चाका तर्फबाट तीन तीन गरी नौ जनाको समिति गठन गरिएको जानकारी दिए । समिति सदस्यको नामावली बेलुकासम्म टुङ्गो लगाइने छ ।

बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता महेश आचार्य, माओवादी तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा तथा मोर्चाका तर्फबाट ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झालगायत नेता सहभागी थिए।

छलफलका क्रममा मोर्चाले आफ्ना मागबारे प्रस्ट रूपमा लिखित सहमति भएका खण्डमा मात्र नयाँ प्रधानमन्त्रीको निर्वाचनमा आफूहरुले मतदान गर्ने अडान लिएको नेता निधिले जानकारी दिए । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मोर्चा सरकारमा जाने वा नजाने भन्नेबारे प्रश्नै नउठेको बताए  ।

प्रकाशित मिति: Jul 30, 2016

प्रतिक्रिया दिनुहोस्