Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामाजिक संजालमा जय जयकार : एकाएक हिरो भए सप्तरीका देवनारायण !

Devnarayan Hero

काठमाडौं, न्यूज अप्रेशन ।  हिजोआज फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा एकजना मधेसी नागरिक एकाएक छाएका छन् । रगत लतपतिएको शरीर, सेतो कपडा बाँधिएको शीर, अनि गर्व र मुस्कान मिसिएको अनुहार भएका उनको सबैले जय जयकार गर्दै फेसबुक र ट्वीटरमा टिप्पणी तथा प्रतिक्रिया लेखेका छन् ।

सच्चा देशभक्ति, असली राष्ट्रवादी, मधेसका खाँटी धर्तीपूत्र भन्दै उनको प्रशंसा भइरहेको छ । बिहीबार सप्तरी तिलाठीमा भारतले बनाएको तटबन्ध भत्काउने अभियानको नेतृत्व गर्दा भारतीयको कुटाईबाट घाइते भएपछि उनको एकाएक चर्चा भएको हो ।

आफु बस्ने भूमी र आफू वरपरको नेपाली गाउँ डुब्न नदिन उनले गाउँलेसहित भारतीयको प्रतिकार गरे । भारतले बलजफती गर्दागर्दै तटबन्ध भत्काउन सफल भए । त्यति मात्र होइन, निरन्तरको दबाब र प्रतिकारकाबिच भारत सरकारलाई तत्काल तटबन्ध नबनाउने सहमति गराउन बाध्य भए ।

आफ्नो भूमी जोगाउन अभियानको नेतृत्व गर्ने उनी हुन, सप्तरी तिलाठीका देवनारायण यादव । भारतीय पक्षको लाठी प्रहारबाट उनीसहित १२ नेपाली घाइते भएका छन् ।

उनीहरु सबैको उपचार भइरहेको छ । धेरै वर्षदेखि आफूहरुले भारतसँग भिडेर सीमाको रक्षाको गरेको उनीहरुको भनाई छ । सरकारको साथ र सहयोग नपाएपनि आफ्नो भूमी जोगाउनको लागि रगत बगाउन समेत तयार भएका उनीहरुको काम र अभियान साँच्चै प्रशंसनीय र गर्व गर्न लायक छ । त्यसैले त देवनारायण र सिंगो तिलाठी गाउँको सबै नेपालीले चर्चा गरेका छन् ।

फेसबुक र ट्वीटरमा आएका केही प्रतिक्रिया हेरौं :

Twitter

प्रकाशित मिति: Jul 30, 2016

प्रतिक्रिया दिनुहोस्