Logo
८ बैशाख २०८१, शनिबार
(July 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भारतबीचको सम्बन्धमा पुनरावलोकन हुनुपर्ने

baburam-party-chhade1

धनगढी १५  साउन ।  नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले नेपाल-भारतबीचको सम्बन्धमा पुनरावलोकन हुनुपर्ने बताएका छन् ।

उनले टिकापुर घटनाको उच्चस्तरीय न्यायकि छानविन हुनुपर्ने पनि बताए । आज धनगढीमा पत्रकारसँग कुर गर्दै उनले यसका लागि भारत तयार रहनुपर्ने र नेपालले पनि पुनरावलोकनका लागि आँट गर्नुपर्ने बताए ।

पत्रकार सम्मेलनमा डा.बाबुराम भट्टराईले भने :

-प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक व्यवस्थापिका अहिलेको आबश्यकता हो । यसले मात्र देशमा स्थिरता र समृद्धि दिन्छ ।

-प्रस्तावित ७ नं. प्रदेशको सीमांकनको विवादलाई पहिलो संविधानसभाको समिती र राज्री पुनस्संरचना आयोगको प्रतिवेदनको आधारमा समाधान गर्नुपर्छ ।

-भदौ ७ र ८ गतेको टिकापुर घटनाबाट सिर्जित समस्याको निरुपण गर्नुपर्छ । भदौ ८ मा थारु समुदायको ८२ घर जलेको रहेछ, त्यसमा प्रशासनले राहतका लागि सिफारिस गरेको छ त्यो चाँडै कार्यान्वयन गर्नुपर्छ ।

-भदौ ७ को घटनाको सन्दर्भमा पनि उच्चस्तरीय स्वतन्त्र न्यायीक छानबिन आयोग बनाएर निरुपण गर्नु उपयुक्त हुन्छ ।

-नेपाल-भारत सीमा नजिकै भारतले बाँध बनाएको सन्दर्भमा पहिले नै अन्तर्राष्ट्रिय मान्यताका आधारमा दुबै देशबीचमा समझदारी कायम गर्नुपर्छ ।
एउटा देशलाई अप्ठेरो पर्ने गरी अर्को पक्षले एकपक्षीय रुपमा संरचना निर्माण गर्नु राम्रो होइन ।

-नेपाल-भारतबीचको सम्बन्धमा पुनरावलोकन गर्नुपर्छ । यसमा भारत पनि तयार रहनुपर्छ र नेपालले पनि पुनरावलोकनका लागि आँट गर्नुपर्छ । विगतमा राजनीतिक अस्थिरताका कारण नेपालले पनि पहल लिन सकेको छैन र भारतले पनि सकारात्मक भूमिका खेल्न सकेको छैन ।

प्रकाशित मिति: Jul 30, 2016

प्रतिक्रिया दिनुहोस्