Logo
११ बैशाख २०८१, मंगलबार
(July 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुखुराको मासु खादैहुनुहुन्छ ? सावधान मरेका कुखुराको मासु पर्ला नी !

kukhura-masu

काठमाडौं १५ साउन । उपत्यकाबासीले बढी रकम अखर्च गरेर पनि गुणस्तरहीन मासु उपभोग गरेर जोखिम मोल्दै आएका छन् । व्यवसायी र मासु पसल सञ्चालकले मरेका कुखुराको मासु उपभोक्तलाई बिक्री गर्ने गरेको रहस्य खुलेको छ ।

त्यसैले उपभोक्तले कुखुराको मासु उपभोग गर्नुअघि एकपटक सोच्नैपर्ने बेला आएको आजको अन्नपूर्णले जनाएको छ । पशु क्वारेन्टाइन कार्यालय काठमाडौंले राजधानी भित्र्याउँदै गरेको अवस्थामा झन्डै एक मेटि्रक टन मरेको कुखुरा नियन्त्रणमा लिएको छ ।

क्वारेन्टाइन कार्यालयले नियन्त्रणमा नलिएको भए मरेका ती कुखुराको मासु पनि उपभोक्ताको भान्सामा पुग्ने थियो ।  व्यवसायीले मरेका कुखुरा अवैध रुपमा राजधानीको सामाखुसी पठाउन लाग्दा क्वारेन्टाइन कार्यालयले शुक्रबार बिहान नागढुंगा नाकाबाट नियन्त्रणमा लिएर नष्ट गरेको हो ।

प्रकाशित मिति: Jul 30, 2016

प्रतिक्रिया दिनुहोस्