Logo
६ बैशाख २०८१, बिहीबार
(August 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्निटनको चुनाव अभियानसँग सम्बन्धित जानकारीहरु हृयाक !

hillary-clinton-using-computer

काठमाडौं १५ साउन । अमेरिकी मिडिया रिपोर्टहरु अनुसार डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी उमेदवार हिलारी क्निटनको चुनाव अभियानसँग सम्बन्धित जानकारीहरु हृयाक गरिएको छ ।

अमेरिकी अधिकारीका अनुसार हमलाको पछाडि रुसी सरकारको लागि काम गर्ने एजेन्टको हात रहेको छ । रुसले अमेरिकामा हुने राष्ट्रपति चुनावलाई प्रभावित गर्न खोजिरहेको आशंका व्यक्त गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रिपोर्टहरुमा यसलाईलाई डेमोक्रेटिक पार्टी विरुद्धको ठूलो साइबर हमला बताइएको बीबीसीले जनाएको छ । डेमोक्रेटिक नेशनल कमिटी तथा डेमोक्रेटिक कांग्रेस्नल क्याम्पेन कमिटिसँग सम्बन्धित दुई जानकारी हृयाक गरिएको हो ।

क्निटनको चुनावी प्रचार टीमले जाँच बुझ सम्बन्धि डाटा प्रोग्राम हृयाकरले कव्जामा लिएको बताएको छ । एफबीआइले हृयाकिङबारे गंभिरता पूर्वक जाँच गरिरहेको जनाएको छ ।

रुस सरकारले साइबल हमलामा आफ्नो कुनै हात नरहेको बताएको छ । र, अमेरिकाको यस्तो आरोपलाई उसले ‘द्वेष भरिएको रुस विरोधी’ भनाइ भन्दै निन्दा गरकेो छ ।

प्रकाशित मिति: Jul 30, 2016

प्रतिक्रिया दिनुहोस्