Logo
१३ बैशाख २०८१, बिहीबार
(July 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डरलाग्दो तथ्यांक : दैनिक १२ आत्महत्या !

aatmahatya

काठमाडौं १५ साउन । प्रहरीको तथ्यांकअनुसार औसतमा दैनिक १२ नेपालीले आत्महत्या गर्ने गरेका छन् । आव ०७२/७३ मा चार हजार ६ सय ६७ जनाले आत्महत्या गरेका छन् । उपत्यकामा मात्र दैनिक दुईजनाले आत्महत्या गर्ने गरेको प्रहरी तथ्यांक छ । आत्महत्याका घटना बढेका छन् ।

एक हजार एक सय ८३ ले विष सेवन, ३० ले शरीरमा आगो लगाएर, ६५ ले हाम फालेर, चारजनाले करेन्ट लगाएर, १३ जनाले हातहतियार प्रयोग गरेर तथा ६ जनाले पानीमा हामफालेर आत्महत्या गरेको प्रहरी तथ्यांक छ ।

आव ०७२/७३ मा देशभर ५९८ को हत्या भएको प्रहरीको तथ्यांक छ । तीमध्ये एकको डाँका समूहद्वारा हत्या भएको हो । ६ सय ६४ जनामाथि हत्या प्रयास भएको छ ।

अघिल्लो आवमा चार हजार तीन सय ३२ जनाले आत्महत्या गरेको थिए । धेरैले झुन्डिएर आत्महत्या गरेको तथ्यांक छ । तीन हजार तीन सय ६६ जनाले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

आव ०७२/७३ मा उपत्यकामा ६ हजार ३९९ र मध्यमाञ्चलमा ६ हजार ३७७ अपराधका घटना भएका छन् । पूर्वाञ्चलमा ६ हजार २४७, पश्चिमाञ्चलमा पाँच हजार ९०३, मध्यपश्चिममा दुई हजार ९१७ र सुदूरपश्चिममा एक हजार ५०७ घटना भएका छन् ।

प्रहरीका अनुसार हत्याका घटना केही घटेका छन् । आव ०७१/७२ मा भने ६०८ को हत्या भएको थियो भने ७०५ को हत्या प्रयास भएको थियो । प्ररहरीको तथ्यांकअनुसार उपत्यका र मध्यमाञ्चल क्षेत्रमा धेरै अपराध हुने गरेको छ ।

प्रकाशित मिति: Jul 30, 2016

प्रतिक्रिया दिनुहोस्