Logo
६ बैशाख २०८१, बिहीबार
(July 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तत् : भारतीय पक्ष तत्काल बाँध नबाँध्नेमा सहमत

saptri-Badh

काठमाडौं । भारतीय पक्षले नेपाल सीमामा रहेको नदीमा तत्काललाई बाँध नबाँध्ने सहमति गरेको छ । आज दुई पक्षबीच कुनौलीमा भएको छलफलमा त्यस्तो सहमति भएको हो ।  गृहप्रवक्ता यादव प्रसाद कोइरालाले दिएको जानकारी अनुसार दुई देशका स्थानीय अधिकारी बीच छलफल भएको थियो । भारतीय पक्षले नेपालीभूमि डुबानमा पर्ने गरी सप्तरीको तिलाठीको दसगजामा निर्माण गरेको बाँध तिलाठीका जनताले सो बाँध भत्काएपछि हिजो झडप भएको थियो ।

सप्तरीका पत्रकार श्यामसुन्दर यादवले जानकारी गराए अनुसार तत्काललाई बाँध नबाँध्ने पछि दुई देशबीच प्राविधिक टोली बनाएर अध्ययन गरी मात्र कुनै कार्यअगाडि बढ्ने सहमति दुई पक्षमा भएको बताइएको छ । बाँध भत्काएको बाँध बनाउन थालेपछि त्यसलाई रोक्नका लागि तिलाठीबासी गएका थिए ।

भारतीय पक्षबाट भएको ढुगांमुढाबाट तिलाठी १ का हर्षबद्र्धन कर्ण, संजीब झा, तिलाठी ४ का देवनारायण यादव, तिलाठी ७ का रोशन झा, तिलाठी ८ का सुशिल यादव र शंकर प्रसाद यादव घाइते भएका छन् । उनीहरुको उपचारका लागि राजविराजस्थित अञ्चल अस्पतालमा भइरहेको छ ।

त्यहाँ गएपछि भारतीय पक्षले लाठी एवम् ढुङ्गा प्रहार गरेका थिए । नेपाली जनताको विरोध र स्थानीय प्रशासनको आग्रहलाई वेवास्था गर्दै भारतीय पक्षले तिलाठी र भारत बिहार राज्यको सुपौल अन्तर्गतको कुनौली सीमाको दसगजामा बाँध निर्माण निर्माण गरेको थियो । बिहान भारतीय जनताको संख्या धेरै भएपछि विरोध जनाएर फर्केका नेपाली पक्षको संख्या अपरान्ह बढेपछि बाँधमा राखिएको बाँस, बालुवाले भरिएको बोरा निकालेर फालिदिएका थिए ।

दसगजामा बाँध निर्माण नगर्न आग्रह गरेपनि भारतीय पक्षले निर्माण कार्य जारी राखेकोले अवस्था तनावग्रस्त बनेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट तिलाठीका निरीक्षक ज्ञानबहादुर श्रेष्ठले बताए । बाँध निर्माण गरेपछि वर्षाको पानीको निकास थुनिएर सप्तरीको तिलाठी, रम्पुरा मल्हनिया, सकरपुरा, विषरिहया, कोइलाडी, कोबरसाइन, लौनिया, हनुमाननगरलगायतका गाविस डुबानमा पर्ने गर्दथ्यो ।

सहमतिबिपरित भारतीय पक्षका प्राविधिक कर्मचारीले माथिको आदेश भन्दै धमाधम पक्की संरचना बनाउन थालेपछि विवाद बढेको हो ।एक साताअघिबाट भएको अविरल वर्षापछि खाँडो नदीमा आएको बाढीले साउन ८ गते सात वर्षअघि एकपक्षीय रुपमा बनाइएको उक्त बाँध भत्किाएको थियो । भत्किएपछि भारतीय पक्षका जनताले त्यसलाई पुनः बाध्न आएका थिए ।

प्रकाशित मिति: Jul 29, 2016

प्रतिक्रिया दिनुहोस्