Logo
६ बैशाख २०८१, बिहीबार
(July 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फिल्म छायांकनका क्रममा क्रेन भाँचिदा छायांकार गौतम घाइते

paban-gautam-ghaiteकाठमाण्डौ । बिहिबार काठमाण्डौको अनामनगरमा छायांकन भैरहेको चलचित्र ‘गुनगुन’को सेटमा गम्भिर दुर्घटना भएको छ । १७ फिट माथि क्रेनमा बसेर दृश्य छायांकन गरिरहेका पवन गौतम दुर्घटनामा परेका छन् ।

क्रेनको नट एक्कासी भाच्चिएपछि पवन १७ फिट माथि बाट भुइँमा खसेका थिए । साथमा छायांकनका क्रममा प्रयोग भैरहेको रेड क्यामेरा पनि फुटेको छ ।

पुकार भट्टराइले निर्देशन गरिरहेको यो चलचित्रमा सुवास मेेचे र नायिका संचिता लुइटेल दृश्यमा अभिनय गरिरहेका थिए ।

गौतमको गर्दनमा चोट लागेको छ भने उनको हाल काठमाण्डौ मोडेल अस्पतालमा उपचार भैरहेको छ । शिघ्र स्वास्थ लाभको कामना गर्दछौ ।

प्रकाशित मिति: Jul 29, 2016

प्रतिक्रिया दिनुहोस्