Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रातो मच्छिन्द्रनाथको भोटोजात्रा आज देखाउँदैं, उपत्यकामा विदा

रातो मच्छिन्द्रनाथको रथको फाइल तस्विर
रातो मच्छिन्द्रनाथको रथको फाइल तस्विर

काठमाडौँ, १४ साउन । यस वर्षको भोटोजात्रा आज देखाइँदैछ । सरकारले उपत्यकामा आज सार्वजनिक विदा दिएको छ । रातो मच्छिन्द्रनाथको रथ ललितपुरको थटीटोलबाट यही साउन ११ गते तानेर जावलाखेल पु¥याइएको चौथो दिन आज भोटोजात्राको साइत परेको छ ।

किंवदन्ती अनुसार टौदहलाई राजधानी बनाएर नागराज्य चलाएका राजा कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटकले उपचारका लागि वैद्यको खोजी गरे । खेतमा काम गरिरहेका किसानलाई लगेर उपचार गर्न अनुरोध गरे ।

किसानले हातको मयल माडेर औषधिका रूपमा रानीको आँखामा हालिदिए । संयोगवश आँखा निको भयो । खुसी भएका नागराजले किसानलाई हिराजडित भोटो दिएर पठाए ।

एक दिन किसानले खेतको डिलमा भोटो राखेर काम गर्न थाले । एउटा भूतले आएर भोटो लग्यो । त्यसको भोलिपल्ट रातो मच्छिन्द्रनाथको रथ यात्रा हेर्न किसान थटीटोल जाँदा भूतले भोटो लगाएर आएको देखेपछि दुवैबीच झगडा भएकाले भोटो मच्छिन्द्रनाथको जिम्मा लगाइयो ।

एक हजार ३०० वर्षअघि रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवम् थटीटोलबाट जावलाखेल रथ तान्ने साइत हेर्ने समूहका सदस्य कीर्तिमदन जोशीले बताए ।

ज्योतिषीले साइत हेरी रातो मच्छिन्द्रनाथको रथ तानेर ललितपुरको थटीटोलबाट जावलाखेल पु¥याएको चौथो दिन भोटो जात्रा देखाइन्छ ।

प्रकाशित मिति: Jul 29, 2016

प्रतिक्रिया दिनुहोस्