Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दीपकुमार उपाध्यायलाई पुनः भारतका लागि राजदुत बनाउने तयारी !

dip

काठमाडौं, १४ साउन । केपी आली नेतृत्वको सरकारले बिना कुनै अभियोग केवल काँग्रेस भएकै कारणले फिर्ता बोलाएका दीपकुमार उपाध्यायलाई पुनः राजदूत बनाएर पठाउने तयारी भइरहेको बुझिएको छ ।

भारतका लागि नेपाली राजदूत रहेका उपाध्यायलाई नै राजदूतमा पुनः पठाउने विषयमा काँग्रेसभित्र एकसरो छलफल भइसकेको बुझिएको छ । माओवादी र काँग्रेसको गठबन्धन बनाउन उनै उपाध्यायको घरमा पटक पटक वार्ता भएको खबर सार्वजनिक भएको थियो ।

उपाध्यायलाई राजदूतका रुपमा सुशील कोइराला नेतृत्वको सरकारले पठाएको थियो । काँग्रेस नै सरकारमा रहँदासम्म उनले राम्रै काम गरेको र समन्वय समेत गरेका थिए ।

भूकम्प गएको बेलामा भारतका विभिन्न राज्यमा समेत पुगेर राहत संकलन गर्नेदेखि आवश्यक काम गरेका थिए । उनको कार्यशैलीका विषयमा कुनै आवाज उठेको थिएन ।

उपाध्यायले आफ्नो योग्यता र क्षमताले भ्याएसम्म काम गरेकै थिए । राजनीतिज्ञ भएपनि कुटनीतिमा उनको भूमिकालाई सामान्य रुपमा नै लिएर काम गरेका थिए । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

प्रमुख प्रतिपक्षी दल काँग्रेसको असन्तुस्टि छदै थियो , त्यसमाथि पछिल्लो पटक उनकै निवासमा सरकार परिवर्तनको विषयमा छलफल समेत हुन थालेपछि काँग्रेसले उनै उपाध्यायलाई भारतको राजदूत बनाएर पठाउने आश्वासन दिएको स्रोतको दावी छ ।

सरकार गठन भएको केही समयपछि उनलाई राजदूतमा फिर्ता पठाउने तयारी गरिएको स्रोतको दावी छ । स्रोतले दावी गरेअनुसार योजना सफल भए उपाध्यायलाई राजदूत पद पुरस्कारको रुपमा प्राप्त हुने देखिन्छ ।

प्रकाशित मिति: Jul 29, 2016

प्रतिक्रिया दिनुहोस्