Logo
१३ बैशाख २०८१, बिहीबार
(July 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारमा सहभागी हुने मन्त्रीहरुको दलिय मापदण्ड तय !

Mao-Meet-1

काठमाडौं । संभावित प्रधानमन्त्री भनिएका पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रमा नया सरकारमा सहभागी हुने मन्त्रीहरुको दलिय मापदण्ड तय गरेको छ ।

तय गरिएको मापदण्ड सार्वजनिक नगरे पनि संविधानअनुरुप समानुपातिक समावेशिता, नेतृत्व क्षमता, पार्टी संगठनमा भूमिका, क्षेत्रीय सन्तुलनलाई मिलाएर मन्त्री छान्ने निर्णय गरिएको बुझिएको छ ।

बिहीबार बसेको हेडक्वाटर बैठकमा सहमति नजुटेपछि मापदण्ड निर्धारण गरिएको हो । स्रोतका अनुसार अघिल्लो केपी ओली सरकारमा परेका केही मन्त्रीलेसमेत सरकारमा जान इच्छा देखाएपछि बैठकले मन्त्री छान्नुको सट्टा मापदण्ड तोकेको हो ।

प्रवक्ता पम्फा भुसालले सक्षम नेतामध्ये समानुपातिक र समावेशी प्रतिनिधित्व, क्षेत्रिय सन्तुलन मिलाएर मन्त्री बनाउने पार्टी निर्णय भएको सुनाइन् । बैठकमा पहिले पालो पाइसकेका दोहोरिन नहुने आवाज उठेको एक सहभागीले बताए ।

प्रकाशित मिति: Jul 28, 2016

प्रतिक्रिया दिनुहोस्