Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राणाको अभिव्यक्तिलाई  राप्रपा नेपालद्धारा खण्डन

Kamal-Pashupati

काठमाडौं । हिन्दु-गणतन्त्रलाई मुख्य एजेण्डा मानेर जाने सहमति भएको भन्ने राप्रपा अध्यक्ष पशुपति शम्शेर राणाको अभिव्यक्तिको राप्रपा नेपालले खण्डन गरेको छ । र, यसले पार्टी एकता प्रक्रियामा असर पर्न सक्ने उसले चेतावनी दिएको छ ।

कमल थापा नेतृत्वको राप्रपा नेपालले राणाको अभिव्यक्तिप्रति गम्भिर अपत्ति जनाएको छ । राप्रपा अध्यक्ष राणाले बिहीबार एक कार्यक्रममा हिन्दु गणतन्त्रमा सहमति भएको भन्दै राप्रपा र राप्रपा नेपालबीच एकता हुने बताएका थिए ।

गणतन्त्र स्वीकार गरेको राणाको दाबीमा सत्यता नरहेको भन्दै राप्रपा नेपालले यस्ता अभिव्यक्ति नदिन राप्रपा अध्यक्षलाई सचेत गराएको छ । साथै यसले पार्टी एकता प्रक्रियामा गम्भिर असर पर्न सक्ने उनले चेतावनी दिएको छ ।

प्रकाशित मिति: Jul 28, 2016

प्रतिक्रिया दिनुहोस्