Logo
७ बैशाख २०८१, शुक्रबार
(July 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘आतंकवादीको हमला अफवाह मात्रै, ब्यारेजको सुरक्षा गर्न नेपाल सक्षम छ’

Home-ministry-about-Koshiकाठमाडौं । गृह मन्त्रालयले कोशी ब्यारेजको सुरक्षा गर्न सरकार सक्षम रहेको बताएको छ । साथै उसले कोशी ब्यारेजमा आतंकवादी समूहबाट आक्रमण हुन सक्ने भन्दै आएको भारतीय दाबीलाई अफवाह भनेको छ ।

त्यसलाई हल्ला र अफवाह भन्दै गृहमन्त्रालयले विहीबार प्रेस विज्ञप्ति जारी गरेर भनेको छ- ‘हल्ला र अफवाहबाट त्रसित नहुन सम्बन्धित सबैमा गृहमन्त्रालय आग्रह गर्दछ ।’ कोशी ब्यारेजमा आतंकवादीहरु एवं नेपालका माओवादी नेताबाटसमेत सुरक्षा खतरा रहेको भारतीय पक्षले पत्र लेखेको थियो ।

बिहीबार गृहमन्त्रालयका तर्फबाट प्रवक्ता यादव कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘सुरक्षाजस्तो सम्वेदनशील विषयमा यथोचित प्रक्रिया र धारणाविना समाचार प्रसारित हुनाले समाजलाई त्रसित तुल्याउने र सुरक्षाको आन्तरिक मामिलामा असर पर्न जाने भएकाले यसतर्फ सबैको ध्यान जानु वाञ्छनीय छ ।’

मन्त्रालयले त्रसित नहुन सबैमा आग्रह गर्दै भनेको छ- ‘नेपाल सरकार कोशी ब्यारेज लगायत देशका सबै महत्वपूर्ण संरचना र संस्थाहरुको पर्याप्त सुरक्षा व्यवस्था गरिएको छ । यस्तो सुरक्षा व्यवस्था गर्न नेपाल सरकार सक्षम छ । गृहमन्त्रालयले भारतबाट आएको पत्रका सम्बन्धमा कुनै उल्लेख नगरी त्यसबारे समाचार प्रेसित मिडियाको मात्रै आलोचना गरेको छ ।

प्रकाशित मिति: Jul 28, 2016

प्रतिक्रिया दिनुहोस्