Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढीपिडितलाई सहयोग गर्न भारत तयार, राजनीतिक परिवर्तनबारे ‘नो कमेन्ट’ !

Vikash Swarup

काठमाण्डौ । नेपालमा बाढी र पहिरोहका कारण मानिसहरुको मृत्यु भएकोप्रति भारतले दुख व्यक्त गर्दे सहयोग गर्न तयार रहेका बताएको छ । उसले सिमाना भइरहेको बाढी र पहिरोका कारण आफूरुलाई पनि समस्या आईपरेको बताए । ‘नेपाल सरकारले आग्रह गरेमा वाढी पहिरोका सम्वन्धमा नेपाल सरकारलाई सहयोग गर्न हामी तयार छौ’ भारत बिदेश मन्त्रालायका प्रवक्ताले भनेका छन ।

यता, नेपालमा केपी ओली नेतृत्वको सरकारको बहिर्गमन र नयाँ सरकार गठन प्रक्रियालाई नेपालको नितान्त आन्तरिक मामिला भन्दै त्यस विषयमा कुनै प्रतिक्रिया नजनाउने समेत भारतले बताएको छ । भारतिय समाचार एजेन्सी एनआइका अनुसार चीनले नेपालको राजनीतिक घटनाक्रमलाई नेपालको आन्तरिक मामिला भनेको भोलिपल्ट भारतले पनि त्यही खालको प्रतिक्रिया दिँदै नेपालको राजनीतिक घटनाक्रमबारे बोल्न अस्विकार गरेको हो ।

विदेश मन्त्रालयमा आयोजना गरिएको साप्ताहिक नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले नेपालको आन्तरिक मामिलामा कुनै पनि कमेन्ट नगर्ने बताए । ओली सरकार गएपछि भारत खुसी छ भन्ने चर्चा छ नी भन्ने प्रश्नमा स्वरुपले भारत सरकार खुसी र दुखी दुबै नभएको बताए । उनले कुनै पनि कुनै पनि देशमा आउने राजनीतिक नेतृत्वसँग काम गर्ने सरकारको जिम्मेवारी रहेको समेत बताए ।

‘जहाँसम्म नेपालको पछिल्लो राजनीतिक विकास छ त्यसलाई हामीले नितान्त आन्तरिक मामिलामा रुपमा लिएका छौ त्यसलै यस विषयमा म कमेन्ट गर्दिन’ उनले भनेको भन्दै एएनआइले जनाएको छ । यस अगाडि भारतीय मिडियाहरुले आफ्नो समाचार तथा सम्पादकीय मार्फत ओली सरकारको बहिर्गमनप्रति भारत सरकार खुसी भएको समाचार सम्प्रेषण गरेका थिए ।

तर भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले भने भारतीय सञ्चारमाध्यमले भने जस्तो खुसी हुनुपर्ने कारण नभएको बताएका छन । उनीहरु नेपाली कांग्रेस र माओवादीबीचको सहकार्य कसरी अगाडि जान्छ भन्ने विषय स्पष्ट नभएकोले यसै भन्न नसकिने बताउँएका छन ।

प्रकाशित मिति: Jul 28, 2016

प्रतिक्रिया दिनुहोस्