Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माहानायक राजेश हमाल की भुवन केसी? यो विवाद किन ? (भिडियो सहित)

20160112232838_b396c7d26dfc5ebf1fb3d911ab4adcb8@filmykhabar.com
काठमाडौ । एक टिभी कार्यक्रममा पत्रकार ऋषि धमलासँग भुवनले आफू महानायक भएको बताएपछि विवाद पुनः सिर्जना भएको हो ।

‘महानायक को भनेर तपाईंले नेपाली दर्शकलाई सोध्नुहुन्छ भने तपाईंले जवाफ पाउनुहुनेछ भुवन केसी भनेर’ भुवनले धमलालाई भने ।

केसीले अन्य अभिनेताले नेपाली सिनेमामा योगदान नदिएको दाबी समेत गरे । उनले राजेश हमालको नाम नलिइकनै उनीप्रति टिप्पणी गरेको बुझ्न कठिन छैन । यसअघि महानायक को भन्ने कुरालाई लिएर पटक पटक चर्चा हुने गरेको छ ।

मिडियाले भने, हमाललाई महानायक भन्दै आइरहेका छन् । चलचित्र प्राविधिक संघले हमाललाई महानायकको उपाधि नै दिइसकेको छ ।

सार्वजनिक कार्यक्रममा सितिमिति नबोल्ने भुवन र राजेश पछिल्लोपटक नेफ्टा फिल्म अवार्डको हङकङ समारोहमा सँगै थिए ।

भिडियो हेर्नुहोस् राजेशको नेपाली सिनेमा सम्बन्धी अभिब्यक्ती :

प्रकाशित मिति: Jul 28, 2016

प्रतिक्रिया दिनुहोस्