Logo
८ बैशाख २०८१, शनिबार
(July 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्दार र राहत कार्यमा लाग्न प्रचण्डको आग्रह

prachandaकाठमाडौं । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल अध्यक्ष प्रचण्डले देशैभर आएको बाढी पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्दार र राहत कार्यमा लाग्न आग्रह गरेका छन् ।

उनले बाढी पहिरोमा परेका व्यक्तिहरुको यथाशीघ्र उद्दार र राहतको कामलाई तीव्रता दिन सरकारलाई ध्यानकर्षण गराउँदै आफ्नो पार्टीका सबै सम्बन्धित जिल्ला तथा स्थानीय पार्टी पंक्तिलाई सक्रियातापूर्वक उद्दार र राहत कार्यक्रमा लाग्न निर्देशन दिएका हुन् ।

प्रचण्डले बिहीबार विज्ञप्ति जारी गर्दै पहिरो तथा बाढीमा परी मृत्यु हुनेहरुप्रति दुःख व्यक्त गर्दै उनीहरुप्रति हार्दिक श्रद्वाञ्जली तथा परिवारजनप्रति समवेदन व्यक्त गरेका छन् ।

प्रकाशित मिति: Jul 28, 2016

प्रतिक्रिया दिनुहोस्