Logo
१५ चैत्र २०८०, बिहीबार
(July 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा २२७ वर्षपछि राष्ट्रपतिका लागि पहिलो महिला उम्मेद्वार

Amerika

बिबिसी, न्युयोर्क । हिलरी क्लिन्टन, संयुक्त राज्य अमेरिकाको इतिहासमा कुनै प्रमुख पार्टीबाट राष्ट्रपतिको प्रत्यासीका रुपमा मनोनित हुने पहिलो महिला भएकी छन् ।  योसंगै आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा उनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको सामना गर्नेछिन् ।

क्लिन्टनले मनोनयनका लागि आवश्यक पर्ने २३८२ प्रतिनिधिको मतको सीमा पार गरेपछि उनका लागि औपचारिक रुपमा ह्वाइट हाउसको दौडका लागि बाटो खुलेको हो । पार्टी एकताको संकेत गर्दै क्लिन्टनका प्रतिद्वन्द्वी बर्नी स्यान्डर्सले मनोनयनका प्रक्रियाहरु रद्द गर्न र क्लिन्टनलाई अभिनन्दनसहित सिधै राष्ट्रपतिको उम्मेदवार घोषणा गर्न आह्वान गरेका थिए ।

लगत्तै डेमोक्र्याटिक पार्टीको राष्ट्रिय कमिटीकी अध्यक्ष मार्सिया फजले सबैको एकै ध्वनि मतपछि उक्त प्रस्ताव अनुमोदन गरेकी थिइन्।
त्यसपछि अधिवेशनमा उपस्थित मानिसहरुले खुशी व्यक्त गरेका थिए । तर डेमोक्र्याटिक पार्टीको अधिवेशनमा केही अप्ठ्यारा दृश्य पनि देखिए।

पहिलो दिन बर्नी स्यान्डर्सका समर्थकहरुले राष्ट्रपतिमा क्लिन्टनलाई मत दिन नसक्ने भन्दै अधिवेशन अवरुद्ध पारेका थिए ।पार्टी अधिकारीहरुले तनाव मत्थर पार्ने प्रयास गरेका थिए जसमा बर्नी स्यान्डर्स स्वयमले क्लिन्टनको समर्थनमा सहयोग गरेका थिए ।औपचारिक मनोनयनसंगै अब क्लिन्टनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको सामना पर्ने पक्का भएको छ । पार्टीको अनुमोदनसंगै क्लिन्टनका पति पूर्वराष्ट्रपति बिल क्लिन्टनले आफ्नी पत्नी देशको सर्वोच्च पदका लागि किन योग्य छिन् भन्नेबारे बुधबारनै भाषण गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: Jul 27, 2016

प्रतिक्रिया दिनुहोस्