Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा.गोविन्द केसीको विरुद्धमा निजी मेडिकल कलेजद्वारा र्‍याली

Dr News

काठमाण्डौ । निजी मेडिकल कलेजहरूले सरकार र डा.गोविन्द केसीबिच भएको संझौता खारेजीको माग गर्दै बुधवार प्रदर्शन गरेका छन् ।एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालका अध्यक्ष डा.भोला रिजालले र्‍यालीलाई सम्बोधन गर्दै आफूहरू सरकारले केसीसँग गरेको संझौताको विरुद्धमा सडकमा आएको बताए ।

उनले आफूहरुलाई विभिन्न प्रपञ्च रचेर सिध्याउने खेल गरिदै गरिएको आरोप समेत लगाए ।  उक्त र्‍यालीमा ‘अघि बढ अख्तियार जनता तिम्रो साथमा छन्’, ‘सरकार र डा।केसी बिचको संझौता तत्काल खारेज गर’ लगायतका नारा लगाइएको थियो ।

उनीहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्‍यालीसमेत गरेका थिए । एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालका डा.नारायण कोइरालाले केसीले कानुन र बिधिको शासनको हत्या गरेको भन्दै आम नागरीकले अब बोल्ने बेला आएको बताए ।

प्रकाशित मिति: Jul 27, 2016

प्रतिक्रिया दिनुहोस्