Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढीमा फसेका थप २ सय २५ जनाको हेलिकप्टरबाट उद्दार

Sena News
बाँके  । राप्ती नदीको बाढीमा फसेका बाँके, होलिया र गंगापुरका थप २ सय २५ जनाको बुधबार उद्दार गरिएको छ । होलिया– ३ र ४ चौफेरी गाउँका १ सय ४ जनालाई हेलिकप्टरबाट र गंगापुर–१ कुडवा गाउँका १ सय २१ जनालाई डुंगाको सहायताले उद्दार गरिएको हो। चौफेरी गाउँका बाढी पीडितलाई होलिया–७ पिप्रहवा गाउँमा छाडिएको छ, भने गंगापुरका पीडितलाई सोही गाविसको वडा नम्वर ९ स्थित रेडक्रसको अस्थायी आवासमा राखिएको छ ।

प्रमुख जिल्ला अधिकारी रविलाल पन्थका अनुसार ४ सय ९८ जनाको हेलिकप्टरमार्फत र १ सय ७५ जनालाई डुंगालगायत साधनको प्रयोगबाट उद्दार गरिएको हो। यो सँगै बाढीमा फसेका कुल ८ सय ९८ जनाको दैवी प्रकोप उद्दार समिति बाँकेको पहलमा उद्दार गरिएको छ ।

समितिका संयोजकसमेत रहेका प्रजिअ पन्थले उद्दार कार्यमा हेलिकप्टर र डुंगा प्रयोग गरिएको बताए । नेपाली सेनाले यसपटक सुर्खेतमा हेलिकप्टर स्ट्यान्डबाई राखेका कारण उद्दार गर्न सहज भएको उनले बताए । यसअघि मंगलबार अबेर रातीसम्म बाढीमा फसेका होलिया, बेतहनी र कचनापुरका ६ सय ७३ जनाको हेलिकप्टर, डुंगालगायत साधनबाट उद्दार गरिएको थियो ।

नदीको बीच टापुमा फसेका लगभग सबैलाई उद्दार गरिएको पन्थले बताएका छन् । उद्दार गरिएका स्थानीय बासिन्दाको अवस्था हेरी रेडक्रस, गाविस कार्यालय र सुरक्षाकर्मीको समन्वयमा तयारी खाद्य पदार्थ वितरण गरिएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

प्रकाशित मिति: Jul 27, 2016

प्रतिक्रिया दिनुहोस्