Logo
१३ बैशाख २०८१, बिहीबार
(July 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तराईका अधिकांश स्थानमा खतरा: व्यारेजमा पानीको सतह झन बढ्यो !

Badhi News Khatra

काठमाण्डौ । केही दिन देखीको लगातार वर्षले गर्दा ४० भन्दब बढीको ज्यान गईसकेको छ भने कयौं हराईरहेको छ । सप्तकोशी नदीको कोशी ब्यारेजमा खतरासूचक रातो झन्डा गाडिएको छ । पूर्वीक्षेत्रमा एक हप्तादेखि जारी रहेको अविरल वर्षाका कारण मङ्गलबार सप्तकोशी नदीमा यस वर्षकै उच्च पानीको बहाव मापन गरिएको छ ।

ब्यारेजमा मङ्गलबार मध्याह्न सवा १२ मा गरिएको पानीको मापनअनुसार कोशी ब्यारेज भएर दुई लाख ८५ हजार २२३ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको कोशी ब्यारेज कन्ट्रोल रुमका भारतीय अधिकारीले जनाएका छन् । कोशीमा अहिले ३५ वटा ढोका खोलिएका छन् । पूर्वी पहाडी भेगमा निरन्तर वर्षा हुँदा सप्तकोशी नदीकोे बहावमा वृद्धि हुने गर्दछ ।

जिल्लाको रामनगरभुटाहा र हरिनगराको पुल तीन दिनअगाडि बाढीले बगाएको छ भने सुनसरी खोलाको बाढीले डुम्राहा र भोक्राहा जोड्ने झोलुङ्गे पुल बगाउने खतरा रहेको सुनसरी प्रहरीले जनाएको छ । डुम्राहा र भोक्राहाको पुललाई जोगाउनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले प्रयास गरिरहेको सुनसरीका एसपी पोषराज पोखरेलले जानकारी दिए । ढुङ्गा, तारजाली र बोरामा माटो हालेर जोखिम कम गर्ने प्रयास गरिरहेको उनले बताए ।

शप्तकोशीमा पानीको बहाब बढेको बढेकै छ । नदीको स्परहरु संरक्षण गर्नसमेत भारतीय प्राविधिक तथा कामदारले दुई दिनदेखि लगातार रुपमा काम गरिरहेको बताइएको छ । कोशीमा पानी बढेसँगै भारतको वीरपुर, भीमनगर, बसन्पट्टी लगायतका ठाउँ समेत जलमग्न भएका छन् ।

प्रकाशित मिति: Jul 27, 2016

प्रतिक्रिया दिनुहोस्