Logo
१५ बैशाख २०८१, शनिबार
(July 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्टाफ कलेज परीक्षामा सहभागी सय डिएसपीमध्ये नौ मात्र उत्तीर्ण

apf-logoकाठमाडौं । सशस्त्र प्रहरीमा स्टाफ कलेज तालिमका लागि लिइएको परीक्षामा सहभागीमध्ये ९० प्रतिशत डिएसपी अनुत्तीर्ण भएका छन् । परीक्षामा सहभागी सय डिएसपीमध्ये नौ मात्र उत्तीर्ण भएका छन् ।

स्टाफ कलेजको पहिलो सेमेस्टरका लागि सशस्त्रका सिनियर सय डिएसपीलाई छनोट गरी गत महिना परीक्षामा सहभागी गरिएको थियो । पहिलो सेमेस्टरमा उत्तीर्ण हुन ५० प्रतिशत प्राप्तांक आवश्यक थियो । तर, ९१ डिएसपी ५० प्रतिशत कटाउन असफल भएका छन् । स्टाफ कलेजको नियमअनुसार पहिलो सेमेस्टरमा अनुत्तीर्ण हुनेहरू तालिममा भाग लिन पाउँदैनन् । उनीहरूले फेरि अर्काे वर्ष परीक्षा दिनुपर्ने हुन्छ । गत वर्ष सयमध्ये १२ जना उत्तीर्ण भएका थिए । यस वर्ष गत वर्षभन्दा थोरै मात्र उत्तीर्ण भएका छन् ।

सशस्त्रमा स्टाफ कलेज तालिम उत्तीर्ण नगरे एसएसपीभन्दा माथिल्लो पदमा बढुवा हुँदैन । तर, पहिलो सेमेस्टरमै धेरै उत्तीर्ण हुन नसकेपछि सशस्त्रमा स्टाफ कलेजले धेरै डिएसपीको करिअर संकटमा पारेको छ । लगातार तीनपटक पहिलो सेमेस्टरमा अनुत्तीर्ण हुने सशस्त्र प्रहरीले सो तालिममा भाग लिन पाउनेछैनन् । ५० भन्दा धेरै डिएसपी लगातार दोस्रोपटक अनुत्तीर्ण भइसकेको स्रोत बताउँछ ।

तालिम र जाँचबाट क्षमतावान् अधिकारीलाई मात्र माथिल्लो पदमा पु-याउने अवधारणाअनुसार सशस्त्र प्रहरीमा गत वर्षदेखि सशस्त्र प्रहरीमा स्टाफ कलेज तालिम सुरु भएको हो । तर, प्रवेश परीक्षामा नै थोरै मात्र उत्तीर्ण भएपछि सशस्त्र नेतृत्व नै तालिमसम्बन्धी प्रावधानबारे अन्योलमा परेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jul 27, 2016

प्रतिक्रिया दिनुहोस्