Logo
७ बैशाख २०८१, शुक्रबार
(July 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको गुठी जग्गामा भारतीय नागरिकको अवैध कब्जा !

जनकपुरधाम । गुठी संस्थान अधिनस्त जग्गाहरु अवैध रुपमा बेचबिखन भइरहेको आरोप लागि रहेको बेला गुठीको जग्गामा एक भारतीय नागरिकले अवैध कब्जा जमाएको रहस्य सार्वजनिक भएको छ । गुठी संस्थान अधिनस्त स्थानीय गिरनारी कुट्टीको जग्गामा एकजना भारतीय नागरिकले वर्षौदेखि कब्जा जमाएर बसेको रहस्य सार्वजनिक भएको हो ।

जनकपुर उपमहानगरपालिका वाडा नम्बर ६ स्थित गिरनारी कुट्टीके जग्गा भारतीय नागरिक पशुपति चैतन्य ब्रम्हचारीले अवैध रुपमा कब्जा जमाएको जनाइएको छ । पशुपतिसँग भारत र नेपाल दुबै मुलुकको नागरिकता रहेको आरोप लगाइएको छ । उनले दोहरो नागरिकता लिएर गुठीको जग्गा अवैध रुपमा कब्जा गरेको भन्दै उनी विरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी समेत परेको छ ।

ब्रम्हचारी विरुद्ध दर्ता गराइएको उजुरीमा उनी भारत बिहार राज्य मुजफ्फरपुरको वासिन्दा रहेको दावी गरिएको छ । स्थायीवासी भारतको बिहारको रहेका उनी जनकपुर– ६ बाट समेत नागरिकता लिएर यहाँ बस्दै आएको उजुरीमा दावी गरिएको छ । दोहरो नागरिकता लिएका उनले गुठीको जग्गामा अवैध रुपले कब्जा गरेको उजुरीकर्ता स्थानीय राकेश विक्रम साहको भनाई छ ।

साथै पशुपतिका छोरा चंदन चैतन्य ब्रम्हचारीले समेत जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता लिएको उजुरीमा उल्लेख छ । २०६६ कार्तिक ९ गते जिल्ला प्रशासन कार्यालय धनुषाबाट चन्दनले प्राप्त गरेको नागरिकता नम्बर १७११०२१८०३ रहेको जनाइएको छ । नेपाली नागरिकता समेत प्राप्त गरेका चन्दनले भारतको मुजफ्फरपुरबाट समेत सवारी अनुमति पत्र बनाएको उजुरीकर्ताको दावी छ ।

भारतबाट लिएको सवारी अनुमति पत्रको सवारी दर्ता किताबमा उनले आफ्नो ठेगाना भारतको मुजफ्फरपुर उल्लेख गरेको जनाइएको छ । नेपाली नागरिकता सम्बन्धी ऐन विपरित उनीहरुले दुई देशको नागरिकता प्राप्त गरी अवैध रुपमा गुठीको जमीन कब्जा गरेको उजुरीमा भनिएको छ । दोहरो नागरिकता बोकेका उनीहरुले धार्मिक महत्व बोकेको स्थानीय गिरनारी कुट्टीको जग्गा अवैध तरिकाले कब्जा गरेको स्थानीयहरुको भनाई छ ।

गुठीको जमीनमा अवैध रुपमा कब्जा गरेको भन्दै गत दुई वर्ष पूर्व वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले निर्माण गरिएका संरचनाहरु भत्काए पनि अहिले उनीहरुल ठोलो महल निर्माण गरेको स्थानीयहरुको आरोप छ । वृहत्तरले उक्त कुट्टीको छेउमा रहेको पोखरीको डिलमा निर्माण गरिएका अतिक्रमित संरचना भत्काएको थियो । वृहत्तरले अतिक्रमित जग्गा खाली गराए पनि आफ्नो पहुँच र शक्तिको बलमा उनीहरुले पुनः भौतिक संरचना निर्माण गरेको स्थानीयहरुको आरोप छ   ।  @पत्रकार धैर्यकान्त दत्तको सहयोगमा  !

Men news (1)

Men news (2)

 

प्रकाशित मिति: Jul 26, 2016

प्रतिक्रिया दिनुहोस्