Logo
८ बैशाख २०८१, शनिबार
(July 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्युठानमा बाढी–पहिरोबाट  ८ को मृत्यु, ६ जना वेपत्ता

fail-foto

प्यूठान   ।  केही दिनयता परेको अविरल वर्षाका कारण प्यूठानवासीको जनजीवन अस्तव्यस्त बनेको छ । वर्षापछिको बाढी पहिरोका कारण मृत्यू हुनेको संख्या ८ पुगेको छ भने अरु ६ जना वेपत्ता छन् । लुङ गाविसमा घर पुरिएर ३ र खवाङ गाविसमा पनि घर पुरिएर ३ जना गरी ६ जना बेपत्ता छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयद्धारा खोजिकार्य जारी छ भने पुँजा गाविसमा २ जना र अर्खामा देव बहादुर बुढा र उनका २ बच्चा गरी ५ जनाको शव मृत्यु भएको प्यूठान प्रहरी स्रोतले जानकारी दिएको छ ।  त्यस्तै झिमरुक नदिको किनारमा ३ जनाको शव फेला परेको तर नाम ठेगाना भने नखुलेको प्रहरी नायव उपरिक्षक रञ्जित सिंह राठौरले जानकारी दिए ।

उत्तरी प्यूठान रजवारामा ५० घर उच्च जोखिममा छन् भने जिल्लाका विभिन्न ठाउँहरु फोप्ली, लुङ, पुंजा, जुम्रीकाँढा, खवाङ लगायतका ठाँउका थुपै्र घरहरु पहिरोले पुरेको छ । प्युठान नगरपालिका ६ नयाँ बजार जुम्रीमा अवस्थीत लोकतान्त्रिक होटल रहेको घरको झन्डै आधा भाग नदीले बगाएको छ ।

जुम्री खोलाको किनारमा रहेको राम बहादुर परिवार र लक्ष्मन दमाइ घरमा पनि नदी पसेको छ । झिमरुक फाँटको धेरै जसो ठाउँहरुमा नदीले उर्वर भूमि नष्ट गरेको छ । यस भन्दा पहिले नदी नियन्त्रणका लागि लगाइएका तारजाली बगाए पछि झिमरुक फाँटमा नदी पसेको हो । झिमरुक फाँटमा रहेको प्रतिक्षालय र फर्निचर पनि बगाएको छ ।

असार २० गते पछि आज रातीको अविरल वर्षाले ठुलो क्षति गरेको स्थानीयवासीको भनाई छ । रातोपाटीमा समाचार पोष्ट गरिएको छ ।  नेपाल प्रहरी र नेपाली सेनाको सक्रियतामा झिमरुक नदीको किनारको केही भागमा तारजाली निर्माणमा कार्य भइरहेको छ । #फाइल फोटो

प्रकाशित मिति: Jul 26, 2016

प्रतिक्रिया दिनुहोस्