Logo
१३ बैशाख २०८१, बिहीबार
(July 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति र तीन दलका शीर्ष नेताबीच भेट

Rastrapati

काठमाडौं १० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी) केन्द्र अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गरेकी छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा सोमबार दिउँसो भेट गरेकी हुन् ।  भेटका क्रममा राष्ट्रपतिले शीर्ष नेताहरूलाई पार्टीहरूको बीचमा सहज वातावरण निर्माण गरी सहमतिअनुरूप जानको निम्ति आग्रह गरिन् ।  त्यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मुद्दाहरूमा आफ्नो र एमालेको सहयोग हुने बताए ।

त्यस्तै सरकार निर्माणको प्रक्रियालाई सहज वातावरण निर्माण गरी अगाडी बढाउन समेत आग्रह गरिन् । भेटका क्रममा प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै दललाई मिलाएर समझदारीअनुरुप जानुपर्दछ, राष्ट्रिय हितका मुद्दाहरू र संविधान कार्यान्वयनमा हामी दृढ रहेको बताए ।

प्रकाशित मिति: Jul 25, 2016

प्रतिक्रिया दिनुहोस्