तिनाउ बिकास बैंकको नाफा दोब्बर
काठमाडौ । तिनाउ विकास बैंकले गत आर्थिक बर्षमा ७ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको छ ।
बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा नाफा झण्डै दोब्बर पुर्याएको छ । अघिल्लो आर्थिक बर्ष बैंकले चार करोड रुपैयाँ नाफा कमाएको थियो ।
तिनाउले ब्याज आम्दानी र संचालन नाफा बढाएर खुद नाफा बढाएको हो । २७ करोड चुक्ता पूँजी रहेको बैंकले प्रति शेयर आम्दानीलाई २९ रुपैयाँ नघाएको छ भने निक्षेप र कर्जामा पनि बढोत्तरी गरेको छ । बैंकको निस्क्रिय कर्जा अनुपात ०.०६ छ । बैंकका जगेडा कोषमा ११ करोड छ ।
बैंकले गत आर्थिक बर्षमा २५ प्रतिशत हकप्रद सेयर जारी गरेको थियो । भने अघिल्लो बर्षको मुनाफाबाट बैंकले १८ प्रतिशत बोनश वितरणको गरेको थियो ।