Logo
१२ बैशाख २०८१, बुधबार
(July 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनसेल र विभागबीच बाढी-पहिरोको पूर्वसूचना पठाउन समझदारी

dav

काठमाडौं । बाढी पहिरोको उच्चजोखिम रहेका स्थानहरुमाबसोबास गर्ने एनसेलकाग्राहकहरुले अब सम्भावित बाढी र पहिरोबारे आफ्नै मोबाईलमाएसएमएस मार्फत पूर्वसूचनापाउने छन् । एनसेलले शुक्रबार जलतथामौसम विभागसँगपूर्वसूचनाप्रदानगर्नका निमित्त समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

यसले बाढी र पहिरोको उच्चजोखिम रहेका स्थानमा बस्ने परिवारलाई सम्भावित बाढी पहिरोको पूर्व चेतावनीप्राप्तभई सुरक्षित रहनतथाजनधनको क्षति हुनबाट बच्न मद्दत गर्नेछ । पूर्व चेतावनी प्रणली सम्बन्धित यस समझदारीपत्रमाएनसेलकाप्रबन्धनिर्देशक साइमनपर्किन्स र जलतथामौसम विज्ञान विभाककामहानिर्देशक डा. ऋषिरामशर्माले हस्ताक्षर गरेका हुन् ।

समझदारीपत्रअनुसार, एनसेलले अबदेखि बाढी र पहिराको जोखिमकाबारेमापश्चिम राप्ती, नारायणी, कन्काई, कोशी, बागमती, कर्णाली, बबई, कमलालगायतकानदीकातल्लो तटिय क्षेत्रमाबसोवास गरिरहेका परिवारलाई एसएमएस मार्फत पूर्वानुमानतथापूर्वसूचना पठाउने छ ।

समझदारीपत्रअनुसार, नदीमापानीको सहतको स्थिती अनुसार जलतथामौसम विज्ञान विभागले भिन्नाभिन्नै एसएमएस कन्टेन्ट एनसेललाई दिनेछ र त्यहीअनुरुपकम्पनीले तोकिएको क्षेत्रमा रहेका व्यक्तिहरुलाई एसएमएस सम्प्रेषण गर्नेछ । जलतथामौसमको अवस्थाको बारेमाजानकारी राख्ने जलतथामौसम विज्ञान विभागले एनसेललाई नदीमापानीको बहाब र सहतको अवस्थाअनुसार एसएमएस पठाउन जानकारी दिने र त्यस अनुसार एनसेलले तत्काल सर्टकोड ११५५ बाट एसएमएस पठाउने छ ।

पानीको सहतखतराको तहभन्दामाथिगएको एसएमएस पाएपछि मानिसहरु सरकारले तोकेको वाअन्यकुनै सुरक्षित स्थानमाजान सक्छन् । पानीको सतह सामान्यअवस्थामाफर्किए पछि पनितत्कालकुनै खतरा नभएको जानकारी ग्राहकले एसएमएस मार्फत पाउने छन् ।

एनसेलले आफ्नो व्यवसायीक सामाजिकउत्तरदायित्वअन्र्तगतजलतथामौसम विज्ञान विभागसँग यस प्रणालीमा सहकार्य गरेको हो । “बाढी तथापहिरो आउनु अगावै एसएमएस मार्फत पठाईने पूर्वसूचनाले सुरक्षित रहनतथाजनधनको क्षतिलाई घटाउन मद्दत गर्नेछ,,” पर्किन्सले भने ।

“यस नवीनकार्यमा साझेदारी गर्न पाउँदाहामीहर्षित छौ ।” हरेक बर्ष बाढी तथापहिरोका कारण जनजीवनतथा ठूलो मात्रामाधनसम्पतिको क्षतिहुने गरेको छ । “एनसेलसँगको यो सहकार्यले जोेखिमयुक्त ठाउँहरुमा बसोबास गर्ने मानिसहरुलाई सुसुचितहुन र सुरक्षित रहन मद्दत गर्ने छ,,” विभागकामहानिर्देशक डा. शर्माले भने । “यो एकदमै राम्रो शुरुवात हो ।

आउँदादिनमाहामी अरु जोखिमभएका ठाउँमा पनि यो प्रणाली लागु गर्नेछौं ।” हाललाई यो पूर्वसूचना प्रणाली जाखिमयुक्त स्थानको रुपमापहिचानगरिएका ४२ वटा तटिय क्षेत्रहरुमालागु गरिएको छ । बाढी पहिरोको जोखिमकाआधारमाउक्त स्थानकावासिन्दालाई एनसेलले विभागले पठाएको सूचनाएसएमएस मार्फत पठाउनेछ ।

समझदारीपत्रअनुसार, पानीको बढ्दो सतह र वर्षाको अवस्था हरेर जलतथामौसम विज्ञान विभागले एनसेललाई एसएमएस पठाउने स्थानको विवरण तथाएसएमएस कन्टेन्ट उपलब्ध गराउने छ ।

प्रकाशित मिति: Jul 25, 2016

प्रतिक्रिया दिनुहोस्