Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबै प्रयत्न विफल भएपछि ओलीले हात माथी देखाउँन गरे अनौठो काम !

POL News
काठमाण्डौ । पद जोगाउने सबै प्रयत्न विफल भएपछि पदबाट राजीनामा दिन के.पी. ओली बाध्य भए । उनि विरुद्ध असार २९ गते संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

अविस्वासको प्रस्ताव दर्ता हुनसाथ नैतिकताको आधारमा राजीनामा दिनु पर्ने उनकै पार्टी एमालेका नेताहरुको समेत माग थियो तर उनी अन्तिम सम्म सक्रिय रहे ।

सरकारमा रहेका अरु पार्टीले छोड्दै गएपछि अविश्वासको प्रस्तावमाथी संसदमा मतदान हुनु केही घण्टा अगाडी राष्ट्रपति विद्य् देबी भण्डारीलाई भेटेर राजानिमा दिए ।

त्यस क्रममा उनले आफ्नो हात माथी रहेको देखाउँन एउटा अनौठो काम समेत गरे । त्यो काम थियो नयाँ सरकार गठनका लागी संविधानमा प्रावधान राख्न, राष्ट्रपति समक्ष गरिएको बाधा अड्काउ फुकाउने सिफारिस ।

उनले आफु टिक्नका लागी संविधानको अपब्याख्या गर्दै अडान राखेका थिए । मेरो विरुद्ध अविस्वासको प्रस्ताव पारित भयो भने पनि आम निर्वाचन नभए सम्मका लागि अर्को सरकार गठन हुदैन ।

तर ओलीको त्यो अपब्याख्या प्रति दलहरुले ध्यान दिन उचित ठानेन् । अन्त्यमा ओली आफै लाचार हुदै बाधा अड्काउको प्रावधान प्रयोग गरी संविधान संशोधनको प्रकृया अघि बढाए ।

किनकी नयाँ सरकार गठनका लागि धारा २९८ मा व्यवस्था छंदैछ । तर राष्ट्रपति भण्डारीले संविधानमा रहेको साबिककै धारा अनुसार नयाँ सरकार गठन गर्नको लागि संसदलाई आह्वान गर्छिन की, आफ्नो तुष्टि पुरा गर्नका लागि ओलीले जोडि दिएको धारा अनुसार आह्वान गर्छिन, रहस्य खुल्न बाँकी छ ।

ओलीले कस्तो प्रावधान सिफारिस गरेकाछन् त्यो कुरा बाहिर आएको छैन । साविककै प्रावधान अनुसार सरकार बनाउने प्रक्रिया अगाडी बढाउने हो भने डेढ्साता भित्र मुलुकले नयाँ प्रधानमन्त्री पाईसक्ने छ ।

साविकको प्रावधान अनुसार सुरुमा राष्ट्रिय समहतिको लागि एक साताको समय दिनु पर्नेछ । अवधी भित्र राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने निश्चित जस्तै छ । त्यसैले बहुमतद्धारा प्रधानमन्त्री निर्वाचित गर्नुपर्ने छ ।

अविस्वासका प्रस्तावक दलविच माओबादी केन्द्रका प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति कांग्रेस संग भईसकेको छ । उनका पक्षमा ३५० भन्दा बढी मत जुट्ने निश्चित छ अबर तरुणमा छ ।

प्रचण्डको नेतृत्वमा कांग्रेस र मधेसी दलहरु समेत सामेल हुने तयारी छ । सरकार छाडेर पछिल्लो समया बाहिरिएको जनअधिकार फोरम लोकतान्त्रीक र राप्रपा पनी सरकारमा सामेल हुने सम्भावना छ ।

सरकार संचालनको संयोजक नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले गर्ने सहमति भएको छ । स्रोतका अनुसार आगामी फागुनमा स्थानिय तहको निर्वाचन गर्ने र त्यसपछि प्रदेश तह र केन्द्रीय तहको निर्वाचन गर्ने संविधानलाई कार्यन्वयनमा ल्याउने सहमति पनि भैसकेको छ ।

प्रकाशित मिति: Jul 25, 2016

प्रतिक्रिया दिनुहोस्