Logo
७ बैशाख २०८१, शुक्रबार
(July 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानस्थानमा शोकसभा: आक्रमणमा ८० जनाको मृत्यु र २३१ घाईते

Aphganistan

रोशन मेवाहाङ, काबुल । अफगानिस्तको राजधानी काबुलको देह मजाङ्मा शनिबार एक शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएका हजारौ सर्वसाधरण माँझ गराइएको दुई वटा आत्मघाती आक्रमणमा परि ८० जनाको मृत्यु र २३१ सर्वसाधरण घाईते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त घटनाको जटिलताको परिणामले गर्दा मृतकको संख्या अझै बढ्ने सम्भावना मन्त्रालयले जनाएको छ । घाइतेहरुको उपचारको निम्ती रक्तदान आवाश्यक परेका भन्दैे सर्वसाधरण जनतालाई स्थानिय टेलिभिजन मार्फत अफगान राष्ट्रपति घानिले अनुरोध गरेका छन् ।

अफगानिस्तानको राजधानी काबुलमा सरकारले विजुलीको प्रसारण लाइन बामियान प्रान्तलाई नछुट्याई लैजान माग गर्दै सर्वसाधरण प्रर्दशनमा उर्लिरहेका थिए । अफगानिस्तानका आदिवासी हजारा अल्पसंख्यकहरुले बामियान प्रान्तदेखि टाढा पर्ने गरी सरकारले बिजुलीको प्रसारण लाइन लैजाने निर्णय गरेको प्रतिवादमा देह मजाङ् क्षेत्रमा प्रदर्शन गरिरहेका थिए । हजारौको संख्यामा रहेको आफ्नो समुदायलाई सरकारले बेवास्ता गरेको भन्दै उनीहरु शान्तिपुर्ण प्रर्दशनमा उत्रिएका हुन् ।

सरकारले छिमेकी राष्ट्र टुर्किस्तानबाट पाँच सय किलोभोल्ट विजुली प्रसारणको मुख्य बाटो बामियान प्रान्त हुदै काबुल भित्राउने निर्णय गरेका थिए । यस अघि पनि २०१६ मेमा यसै विषय अन्तर्गत सरकारप्रति दवाव दिदै हजाराहरुले पहिलो जुलुस प्रर्दशन गरेका थिए । शनिबार भएको घटनामा इस्लामिक स्टेटले शिया समुदायको विरुद्धमा आत्मघाती आक्रमणको जिम्मा लिएको स्टेटका समाचार आयोग९एमक०ले दावी गरेको छ ।

आतंकवादी इस्लामिक स्टेट ९आईएस० सक्रिय हुन थालेको करिब एक वर्ष भएको स्थानियवासी जावेद महमोदले बताँए । आइएस नगरहार प्रान्तको चार जिल्लामा बडि सक्रिय हुदै गइरहेको उनले बताए । तीन महिनादेखि अफगान सेनाले नंगहरहारको सुन्नी चरमपन्थी संगठन आईएस विरुद्ध कारबाही शुरु गरेका थिए । केहि दिनभित्र १५ आईएस आतंकवादीहरुलाई सरकारी सेनाले गोलि हानि मारेका छन् । आईएसले पनि सरकार विरुद्ध युद्धको घोषणा गरेका छन् ।

अफगान राष्ट्रपति असरफ घानीले घटनाबाट आफू निकै दुखी भएको उल्लेख गर्दै भनेका छन् “शान्तिपूर्ण प्रदर्शन प्रत्येक नागरिकको अधिकार हो, तर अवसरवादी आतंकवादीले घुसपैठ गरेर केही सुरक्षाकर्मीसहित कैयौं सर्वसाधारणको ज्यान जाने र घाइते हुने गरी आक्रमण गराएका छन्। तालिवानका प्रवक्ता जबिउल्लाह मुजाहीदले सञ्चारमाध्यमहरुलाई इमेल पठाउँदै हमलाको जिम्मेवारी अस्विकार गरेका छन् ।

प्रकाशित मिति: Jul 24, 2016

प्रतिक्रिया दिनुहोस्