Logo
१२ बैशाख २०८१, बुधबार
(July 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली सरकार आजैदेखि ‘कामचलाउ’ (विज्ञप्ती  सहित )

Cabinet-PM-Oli-1

काठमाडौं ९  साउन । केपी शर्मा ओली नेतृत्वको सरकार आइतबारदेखि कामचलाउ भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्को मन्त्रिपरिषद गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरिरहन भनेकी छन् ।

विज्ञप्तीको पूर्णपाठ:
आज मिति २०७३ साल श्रावण ९ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूले आजैका मितिदेखि लागू हुने गरी नेपालको संविधानको धारा २९८ को उपधारा (८) को खण्ड (क) बमोजिम प्रधानमन्त्री पदबाट लिखित राजीनामा दिनु भएकोले सोही धाराको उपधारा (१०) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरिरहने र वर्तमान मन्त्रिपरिषद्‌द्वारा आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्यप्रति सम्माननीय राष्ट्रपतिज्यूद्वारा सम्माननीय प्रधानमन्त्री एवं मन्त्रिपरिषद्का सदस्यहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ । 

(केशव प्रसाद घिमिरे)
सहायक प्रवक्ता

प्रकाशित मिति: Jul 24, 2016

प्रतिक्रिया दिनुहोस्