Logo
१५ बैशाख २०८१, शनिबार
(July 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ प्रधानमन्त्री चयनको बाटो सजिलो बन्यो: बाधा अड्काउ फुकाउ सिफारिस !

Cabinet-PM-Oli-1

काठमाण्डौ । मन्त्रिपरिषद् बैठकले संविधानको धारा २९८ अनुसार निर्वाचित प्रधानमन्त्री पदमुक्त भएमा यो संसद रहँदासम्म अर्को प्रधानमन्त्री निर्वाचित गर्न सक्ने गरी बाधा अड्काउ फुकाउ आदेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । नयाँ प्रधानमन्त्री चयनका लागि संविधानमा स्पष्ट व्यस्था नरहेको भन्दै सरकारले बाधा अड्काउ फुकाउका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । यसले नयाँ प्रधानमन्त्री चयनको बाटो सजिलो बनाउने छ ।

संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठनमा अप्ठेरो हुने भन्दै सरकारले संविधानको धारा ३०५ अनुसार बाधा अड्काउ फुकाउन राष्ट्रपतिलाई सिफारिस गरेको छ। नेपालको संविधान ०७२ को धारा ३०५ मा ‘यो संविधान बमोजिम संघीय संसदको नर्विाचन भई त्यसको पहिलो अधिवेशन प्रारम्भ नभएसम्म यो संविधानको कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा राष्ट्रपतिले नेपाल सरकार मन्त्रिपरिषदको सिफरिसमा त्यस्तो वाधा अड्काउ फुकाउन आवश्यक आदेश जारी गर्न सक्नेछ ।

त्यस्तो आदेश जारी भएपछि तत्काल बसेको ब्यवस्थापिका संसद वा संघीय सदन समक्ष अनुमोदनका लागि पेश गर्नु पर्नेछ’ भन्ने उल्लेख गरिएको छ ।संविधान अनुसार नयाँ सरकार बन्ने विषयमा सत्तारुढ र विपक्षी पार्टीवीच विवाद थियो । अविश्वासको प्रस्तावमाथि छलफल हुँदा पनि दलहरु विभाजित भएका थिए ।

नयाँ सरकारको विषयमा प्रधानमन्त्रीको कदम के हुन्छ भन्ने चासोका साथ हेरिएको थियो । आज विहान राष्ट्रपति विद्या भण्डारीले काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेकी थिइन । संसद्को नियमावली, २०७३ को नियम १६० अनुसार संसद्को बैठकमा अविश्वासको प्रस्ताव पेस भएको थियो । आज छलफल सकिएको छ । प्रधानमन्त्रीको जवाफ आउन वाँकी छ । प्रधानमन्त्रीको जवाफ आउनपूर्व सरकारले नयाँ सरकारका लागि बाधा अडकाउ फुकाउको विकल्प अगाडि सारेको हो ।

प्रकाशित मिति: Jul 24, 2016

प्रतिक्रिया दिनुहोस्