Logo
८ बैशाख २०८१, शनिबार
(July 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमरेश सिंहविरुद्ध युवाहरु सडकमा, देशनिकाला गर्न माग गर्दे पुत्ला जलाइयो !

Amresh News 1

काठमाडौं ८ साउन । नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्रीलाई ‘मानसिक सन्तुलन गुमाएको’ भनेपछि नेकपा एमालेका भातृ संगठन विरोधमा उत्रिएका छन् । एमालेको प्रमुख भातृ संगठन युवा संघ नेपालले उक्त अभिव्यक्तिलाई लिएर सिंहविरुद्ध शनिबार साँझ राजधानीमा विरोध प्रदर्शन गरेको छ ।

संघका अध्यक्ष राजीव पहारीको नेतृत्वमा युवाहरुले काठमाडौंको गंगबुमा बिरोध प्रदर्शन तथा सभा आयोजना गरेका हुन् । बिरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष पहारीले प्रधानमन्त्रीमाथि संसदमै कांग्रेस सांसद सिंहले गरेको असभ्य भाषा नेपाली जनतालाई अपमान गर्ने रणनीतिले भारतीयको डिजाइनमा बिदेशीको पाउ मोल्न गरिएको गैरजिम्मेवार अभिव्यक्ति भएको बताए ।

सम्बोधनका क्रममा उनले यस्तो आक्षेप लगाउने सिंहलाई तत्काल देश निकाला गर्न माग  गरे । उनले भने – ‘अब राष्ट्रवादी र राष्ट्रघातीको लडाइँ सुरु भयो । जित राष्ट्रवादीकै हुनेछ ।’ ‘भारतीय दलाल’ अमरेशकुमारले नेपालका हरेक निर्णयमा भारतीयहरुको तर्फबाट आफू एजेन्टका रुपमा चिनाउँदै अनावश्यक भूमिका खेल्न खोजेकोमा बर्तमान सरकारले देखाएको राष्ट्रिय अडान र राष्ट्रियताको पक्षका निर्णय माथि प्रहार गर्न खोजेर सिंगो मुलुकका जनतालाई अपमानित बनाएको बताए ।

‘आज अमरेशकुमारहरु नयाँ सत्ता गठबन्धनको ताना बानाबाट प्रवेश गर्दै अन्त्यमा नेपाललाई सिक्किमीकरण गर्ने योजनाका साथ अगाडी बढेका छन्,’ अध्यक्ष पहारीले भने – ‘सबै राष्ट्रबादी नेपाली युवाहरुले यस्ता तत्वको अवान्छित गतिविधिकोबिरुद्धमा शसक्त उत्रनुपर्ने बेला आएको छ ।’ ‘जबसम्म अमरेशकुमार जस्ता भारतीय दलाललाई देश निकाला गरिन्न् तबसम्म हाम्रो आन्दोलन रोकिदैन् । भोलीदेखि देशव्यापी आन्दोलन सुरु हुन्छ ।’ विरोध सभामा अमरेशकुमारको पुत्ला समेत जलाइएको थियो ।

 rajib-pahari-1-650x488

rajib-pahari-650x488

प्रकाशित मिति: Jul 23, 2016

प्रतिक्रिया दिनुहोस्