Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीविरुद्ध अविश्वासको प्रस्तावमाथि आइतबार मतदान हुने !

P Bulding

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्तावमाथि आइतबार मतदान हुने भएको छ । आइतबार छलफल सकिएपछि प्रधानमन्त्रले जवाफ दिने र मतदान गर्ने तयारी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्‌को शुक्रबारको बैठकमा अविश्वासको प्रस्ताव पेस गरेका थिए ।

कांग्रेस र माओवादी केन्द्रले २५३ सांसदको हस्ताक्षरसहित गत असार २९ गते संसद्‌मा अविश्वास प्रस्ताव दर्ता गराएका थिए। संसदमा कायम रहेको सांसद संख्याको बहुमत अर्थात २ सय ९८ जना सांसदको समर्थनमा अविश्वास प्रस्ताव पारित भएर नयाँ सरकार बन्ने अवस्था छ। अहिले ओली नेतृत्वको सरकारको पक्षमा अब २ सय ५३ जना सांसद मात्र छन् ।

आर्थिक विधेयकलाई फेल गराउने आन्तरिक रणनीतिअनुसार कांग्रेस र एमाले एकीकृत कार्यसूचीका लागि तयार भएका हुन् । एकीकृत कार्यसूची बनाएर अघि बढ्ने दलहरुबीचको सहमतिअनुसार सुरु भएको संसद्‌को बैठकमा आर्थिक विधेयकमा मतदानपछि अविश्वासको प्रस्तावमाथि छलफल थालिएको हो ।

आर्थिक विधेयक र यससँग सम्बन्धित थप दुई विधेयक प्रस्तुत भएपछि त्यसमा छोटो छलफल भएपछि मतदान भएको थियो। आर्थिक विधेयकको पक्षमा एमालेले मतदान गरे पनि विपक्षमा नेपाली कांग्रेस र माओवादी केन्द्रले मतदान गरेका थिए । तीनवटै विधेयक बहुमतले अस्वीकृत भएका थिए।

शुक्रबार र शनिबार दिनभर प्रस्तावमा छलफल भएको छ । शनिबारको बैठक साढे चार बजेसम्म चलाएर आइतबारसम्मका लागि स्थगित गरिएको छ । कांग्रेस, माओवादी, मधेसी तथा अन्यसमेत गरी सरकारको विपक्षमा भने ३ सय ४१ जना सांसद पुगेका छन् । मधेससहितको गठबन्धनले अविश्वास प्रस्तावलाई सघाउने निर्णय गरेको छ। गठबन्धनमा ४२ जना सांसदहरु छन् । मधेसी मोर्चाका सांसदहरु पनि बैठकमा सहभागी छन् ।

प्रकाशित मिति: Jul 23, 2016

प्रतिक्रिया दिनुहोस्